२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

दाजुलाई कुटपिट गरी बहिनीमाथि सामूहिक बला’त्कार

धनुषा । धनुषामा एक युवतीमाथि सामूहिक बला’त्कार भएको छ ।

यही १ भदौको साँझ दिदीको घरबाट घर जाँदै गरेकी २० वर्षीया युवतीलाई धनुषाधाम नगरपालिका— २ स्थित धरमपुर सडकखण्डमा ४ जना युवक मिलेर सामूहिक बला’त्कार गरेको खुलासा भएको हो ।

दिदीको घर नौसय गाउँबाट दुई जना गाउँले दाजुसँगै साँझ करिब साढे ६ बजे घर जाँदै गरेकी ती युवतीलाई ४ जना युवाहरूले पिछा गर्दै दुवै दाजुलाई कुटपिट गरी धान खेतमा लगेर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

घटनालगत्तै ती युवतीले प्रहरीलाई खबर गरेको डीएसपी मिश्रले बताए । उनका अनुसार अनुसन्धानका क्रममा पीडितले टिपाएको हुलियाका आधारमा घटनामा संलग्न व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयमा सनाखतका लागि ल्याइएको थियो ।

तीनीहरूमध्ये धनुषाधाम नगरपालिका– २, धरमपुर बस्ने १९ वर्षीय विजयकुमार यादवलाई पीडितले पहिचान गरी सनाखत गरेको उनले जानकारी दिए ।

यादवलाई पक्राउ गरी जबर्जस्ती करणी मुद्दामा म्याद थप गराई अनुसन्धान भइरहेको उनले बताए । घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजतलास भइरहेको उनको भनाइ छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।