२०८३ भाद्र १६ मंगलवार
२०८३ भाद्र १६ मंगलवार

अब एक्समा फोन कल र भिडियो कलिङको सुविधा

काठमाडौँः एलन मस्कको स्वामित्वमा रहेको माइक्रो ब्लगिङ वेबसाइट एक्स (पहिलेको ट्विटर)मा पछिल्लो समय एक पछि अर्को गर्दै फिचर थपिएका छन् । एक्स प्रयोगकर्ताहरूले प्लेटफर्मबाट फोन कल र भिडियो कल गर्न सक्नेछन् ।

खास कुरा त के छ भने यसका लागि एक्सको प्रिमियम पनि किन्नु पर्दैन । यस अघि कम्पनीले यो सुविधा प्रिमियम युजरहरूलाई मात्रै दिएको थियो । अब सबै एक्स प्रयोगकर्तालाई यो फिचर उपलब्ध गराइएको छ । यसले मेटाको ह्वाट्सएपजस्ता सेवालाई कडा टक्कर दिने अपेक्षा कम्पनीको छ ।

‘हामीले बिस्तारै बिस्तारै प्रिमियम चलाउने बाहेकका प्रयोगकर्ताहरूका लागि पनि अडियो र भिडियो कलिङ सुरु गरिरहेका छौँ, यो सेवा ट्राई गर्नुस् ’ एनरिक ब्यारागन नाम गरेका एक्सका इन्जिनियरले एक्समा एउटा पोष्टमा यो सुविधाबारे खुलासा गर्दै लेखेका छन् ।

प्रयोगकर्ताले फलो गरेको वा एड्रेसमा रहेका एक्स एकाउन्टबाट मात्रै कल गर्न वा पाउन सकिनेछ । कलबाट जोडिने दुवै एकाउन्टले कम्तीमा एक पटक प्रत्यक्ष म्यासेजमार्फत अन्तरक्रिया गरेको हुनु पर्नेछ । आफूले फलो गरेको व्यक्तिको मात्रै फोन आउन सक्ने गरी सेटिङ मिलाउन पनि सकिनेछ ।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।