२०८३ जेष्ठ २० बुधबार
२०८३ जेष्ठ २० बुधबार

अनलाइन पढ्दा कम्प्युटरको स्क्रिनबाट आँखालाई कसरी जोगाउने ?

आजको युगमा कम्प्युटर हरेक कामको लागि उपयोगी बन्दै गएको छ । यो समयमा कोभिड १९ को महामारीका कारण केही विद्यालयहरूले अनलाइन कक्षा पनि सञ्चालनमा ल्याइरहेका छन् । यही अनलाइन कक्षामा प्रयोग हुने कम्प्युटर, ल्यापटप तथा मोबाइलको स्क्रिनले आँखामा प्रत्यक्ष तथा परोक्ष रूपमा असर गरिरहेको हुन्छ ।

कम्प्युटरमा निरन्तर पढिरहँदा वा काम गर्दा आँखा थाक्ने, टाउको दुख्ने, थकान बढ्ने, निन्द्रा नपर्ने, रिस उठ्नेजस्ता समस्याहरू देखा पर्न सक्छन् ।

कम्प्युटरको स्क्रिनले स्टेटिक इलेक्ट्रिकल चार्ज उत्पन्न गराउने हुँदा धुलोका कणहरू आफूतिर तान्छ र ती कणहरू आँखाभित्र पुग्छन् र आँखा सुख्खा हुने, चिलाउने तथा एलर्जी हुनेजस्ता असरहरू देखा पर्छन् ।

कम्प्युटरको स्क्रिनमा देखिने अक्षर तथा आकृतिहरू विन्दुविन्दु मिलेर बनेका हुन्छन् । यी इलेट्रोनिक विन्दु लगातार हल्लिरहेका हुन्छन् । निरन्तर स्क्रिनमा हेरिरहँदा आँखाले पनि चलायमान भएर यी विन्दुको गतिसँग तालमेल मिलाउँदा हामीले अक्षर ठीकसँग देख्न सक्छौं । त्यसैले आँखा चलिरहँदा थकित हुन जान्छ ।

अब कसरी जोगाउने त आँखालाई ?

१.कम्प्युटर चलाउँदा लगातार धेरैबेर नहेर्ने प्रत्येक आधा घण्टामा पाँच मिनेटको ब्रेक लिने ।

२.कम्प्युटर स्क्रिन र आँखाबीचको दुरी कम्तीमा २० इन्च राखेर काम गर्ने ।

३. कम्प्युटरलाई सूर्यको उज्यालोमा राखेर काम नगर्ने । धेरै उज्यालोमा पनि कम्प्युटर नहेर्ने टाउकोमाथिबाट तेज र चम्किलो प्रकाश नहोस् भन्नेमा ध्यान दिने ।

४. भुइँमा बसेर ल्यापटप वा कम्प्युटरमा काम नगर्ने, आँखाको कनभर्जेन्स व्यायाम गर्ने ।

५ .लिखित पेपरसँगै कम्प्युटरमा काम गरिरहनुभएको छ भने पेपरलाई कम्प्युटर स्क्रिनसँगै राख्ने, दुवैको लेभल फरकफरक भयो भने आँखामा बढी असर पर्न जान्छ ।

६.आँखा सुख्खा लाग्यो, चिलाउन थाल्यो भने कुनै आँखा विशेषज्ञको सल्लाह लिएर ‘आई ड्रप्स’ हाल्ने ।

                            पौड्याल कम्प्युटर इन्जिनियर हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।