२०८३ जेष्ठ २० बुधबार
२०८३ जेष्ठ २० बुधबार

बिहेपछि आँचलको ब्रत

नायिका आँचल शर्मा यो बर्षको तीजमा २ दिन ब्रत बसिन् । तीजको दिनमा ब्रत बसेकी आँचल आज ऋषि पञ्चमीको दिनमा पनि ब्रत बसिन् । आँचल बिहे अगाडि भने ब्रत बसेकी थिइनन् । उनलाई ब्रत बस्दैमा राम्रो श्रीमान् पाइन्छ र ? भन्ने पनि लाग्थ्यो । आँचल भन्छिन्–‘तीजको दिनमा निरहार नै ब्रत बसेँ । बेलुकी उदिपजीको अनुहार हेरेपछि मात्र केही खाएको थिएँ । आज भने १२ बजेपछि खानकुरा खान्छु ।’

आँचलले गतबर्ष पनि ब्रत बस्ने तयारी त गरेकी थिइन् । तर, भोक लागेपछि उनले गतबर्ष १२ बजे नै खाना खाइन् । आँचल भन्छिन्–‘मलाई यो पटक कर थिएन । मेरो घरतिर तीज मनाउनुहुन्न । तर, मलाई इच्छा लागेर ब्रत बसेकी हुँ ।’

बिहे भएपछि आँचल आफूमा परिपक्कता बढेको बताउँछिन् । उनले भनिन्–‘बिहे अगाडि ब्रत किन बस्ने भन्ने मेरो सोच थियो । तर, बिहे गरेपछि आफ्नो श्रीमान्का लागि एकदिन निरहार ब्रत बस्दा के हुन्छ र भन्ने लाग्दो रहेछ । सायद, अब परिपक्क पनि भएँ कि भन्ने लाग्यो ।’

बिहे अगाडि आँचललाई चिया मात्र पकाउन आउथ्यो । तर, खाना पकाउने कुरामा उनले कहिल्यै रुची देखाइनन् । तर, बिहेपछि भने माइती आउँदा पनि उनी आफै पकाउन तम्सिन्छिन् । आँचललाई घरको न्यास्रो लाग्न थालेको छ । तिजका लागि ३–४ दिनदेखि माइतीमा रहेकी आँचल घर जान आफूलाई हतार भएको बताउँछिन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।