२०८३ जेष्ठ २० बुधबार
२०८३ जेष्ठ २० बुधबार

बाडि पहिरो जोखिम उछिन्दै कोरना संग लडिरहेका अजयमेरू स्वास्थ कर्मि

चन्द्र ऐर/अजयमेरु – डडेल्धुराको अजयमेरू गाऊपालीका सदरमुकाम भन्दा धेरै नजिक युवा जति भारतिय मजदुरिमा आश्रित रहेका कारण कोरनाले डडेल्धुराका अरू स्थानिय तह जस्तै यो गाउपालीका पनि अछुतो रहन सकेन ।

गाऊपालिकाका प्रतेक वडा वडालाई छोयर कोरना गएपनि अझै कोरनाको डर भने मडराईनै रहेको छ अझै फाट्टफुट्ट पोजेटिभ देखिनेको संख्या आई रहदा भने स्वास्थ कर्मि भने अझै जोखिममाथी पनि जोखिम छिचोल्दै आफ्नो कर्ममा लागि परेका छन ।

हाल अजयमेरू वाड न दुई स्वास्थ चौकीमा प्रमुख समेत रहेका स्वास्थ कर्मि दिपेन्द्र पन्तका अनुसार दुइ नम्वर वाडमा सबै भन्दा बढि जनसंख्याका हिसाबले र संक्रमित बढि देखिएको र यसै समुदायमा आफूले काम गर्नु पर्ने अबस्था रहेकोले जोखिमका बिचनै आफुहरूले कोरना संग लडिरहेका बताए।

कोरनालाई मौसमले साथ दिरहेको यस अबस्थामा कोरना जोखिम भन्दा पनि अन्य जोखिमले तगारो बनि रहदा अजयमेरू गाऊपालीका वाड नं चार चिपुरमा कार्यरत तथा हाल अजयमेरू गाऊपालीका भरि नै स्वाब संकलन गरिरहेका ल्यव असिस्टेन्ट तपेन्द्र भाट भन्छन् :

“बाटो कच्ची छ मोटर बाइकमा एक्लै हिन्छु सबै वडा जोडिन बर्खे खोलाको बिचबाट गुर्जिनु पर्छ कहि कहि त मोटरबाईकनै तरा उन धन्टै लाग्ने गरेको छ तै पनि हामिले आफ्नो जोखिमलाई पर राख्दै महामारिको लडाई संग जुधि रहेका छौ । साथै अहिले सम्म १२सय बडिको चेक गरिसकेको उहाले वताएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।