२०८३ जेष्ठ २० बुधबार
२०८३ जेष्ठ २० बुधबार

“कुसंस्कारले रोपेको खेती र मग्न भएका कृषकहरू:”

जनक जाेशि (गन्यापधुरा)
सयौ/हजारौ बर्ष पहिलेको कुसंस्कार यस्तो कुसंस्कार जसले परिवार,समाज र देश लाई एक चिन्ताको चङगुलले यसरी बाधेको छ कि मानौ ” हाम्रा पुर्खाहरूले यो कुप्रथा लालमोहर द्वारा बिरासतमा पाएका थिए। नेपालको संबिधानमा प्रष्ट लेखिएको चिज जो कोहीले पनि अमानबिय कुप्रथा अङगालेमा कानुनमा सक्त अपराधको भागिदार हुनेछ।
प्रसंग:छाऊपडि (महिनावारी) प्रथा
नेपालका मुलुकीएेनका दस्तावेजहरु फुलबुट्टा भरेर खोष्टो पेपर मा खुबै लेखे।सरकार बाट पटक पटक कुप्रथा लाइ प्रतिस्थापन गर्न खुबै बजेट बिनियोजित पनि भयो। तर दुर्भाग्य !त्यो बजेट जसमा पर्याप्त रकम थियो तर त्यसलाइ प्रयोग गर्न हस्ताक्षर मिलेको थिएन।

सरकार बाट पटक-पटक बजेट त बिनियोजित भयो तर नियोचित ढङ्गले कु-प्रथा भने कायम नै रहयो।ठुलबडाका ठुलठुला अलीसान मञ्च मा खुबै भाषणहरू घन्किए तालीको आवाजले मनमा हुट्हुटि पनि ल्यायो। लाग्यो अब कसैले छाउगोठ मा अकालमै मर्ने पर्दैन! लाग्यो मेरी आमा जस्तै हजारौ नारीहरुले एकान्त गोठमा लुकेर बस्नु पर्दैन। सयौ नारीहरुको सर्वश्व छाउगोठ मा लुटिदैन। मिथ्या, कल्पना र क्षणिक भ्रम मात्र भयो यो सब।सुप केहि ठाउ र कर्णाली का केहि क्षेत्रहरुमा छाउ परम्परा ले लालनपालन पाएको त खबर सुनिएकै हुन्छ। एक कारुणिक चित्र
“जब आमा महिनावारी हुन्छिन।सुनको पानीले शुद्ध गर्ने भनिन्छ! तर सुनैसुनको गहना ले सजिएकी आमा भने अछुतो हुन्छिन”

बहिरि रुपले जति वकालत र द्वन्द्वका कुरा गुन्जायमान बनाएपनि वास्तविक यथार्थ प्रष्टपुटन निखारिएरै आउदो रैछ।
यसौ भनौ ति पल्लो गाऊका बौजु जसलाई यो छाऊपडि कुप्रथाको वारेमा सब थाहा छ तिनै बौजु जो लुकि लुकि आफ्नी छोरीलाई गाईको गोठ मा सुताऊने गर्छिन्। र समाजमा छाउपडी को पाठ सिकाइ महान व्यत्तित्व बन्न गर्छिन।
तिनै पार्टी का अगुवा झोले दाजी हुन । जो छाउपडीको बिरूद्धमा बोलिहन्छन ठाउ-ठाउँमा गएर भिडन्त गरिरहन्छन नारी अधिकारका लागि!

तिनै कि श्रिमतिले कुरा गरेको सुनेको थिए”सानेका बाले त मैले छोएको पानी समेत चलाउनु हुन्न”यो कुनै मनगढन्ते कुरा होइन। हाम्रो समाज मा देखिएको कारुणिक यथार्थ परिचित्र हो। बाहिर बनावोटमा देखीने रुप बदल्ने हैवान हरुले आफ्नो असली चरित्र किन लुकाईरहन्छन। यी माथिका काल्पनिक पात्र भएपनि त्यस्ता बौजु र झोले दाजिहरु हजारौं को संख्या मा पाउन सक्छौ ।

तपाई मेरा बा र आमाहरुको छोटे मष्तिस्कले बुझ्ननसेको हृदयबिदारक क्षण को यथेष्ट परिपेक्षण पनि हो। मुखले चिल्लो कुराहरूको लेपपान गर्नु भन्दा पनि व्यवहारले कस्तो जनाउन्छ त्यो हेर्नु जरुरी छ। नारी अधिकार र कुप्रथा निर्मुल को पक्षमा कुर्लिने बुद्धिजिवी हरु र समाजका सो-कल्ड बर्ग छन नी तिनिहरुलाई ठाडो चुनौती दिन चहान्छु। “छाऊ भएकी महिलाको पानी चलाएर देखाउ।” होइन भने नानाभाती कुराहरुलाइ लिएर पैसा हजम गर्न एजेन्डा नबनाउनुहोस्।
युबावर्ग हो जागौ ,ऊठौ ,लम्कौ यी समाजको कुप्रथा निर्मुल पार्न कटाक्ष रुपमा लागौ ।

समाजको मुहार फेरौ “म रहे मेरो समाज रहन्छ’भन्ने कुरा प्रमाणित गरिदिऊ छोटे बिद्दानहरुलाइ सबक सिकाइदिम कुप्रथा कसरी हटाऊने भनेर !
आफ्नै ठाउँवाट ऊठ्नुहोस /जाग्नुहोस
समाजको रुप परिवर्तन गर्न लाइ
समाजको सुक्ष्म सोचलाइ बदल्न को लागी ऊठ्नुस अब ।
जय_देश

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।