२०८३ जेष्ठ २० बुधबार
२०८३ जेष्ठ २० बुधबार

सीपीएल : सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिए पनि जमैकाको हार

काठमाण्डौ-  क्यारेबियन प्रिमियर लिग सीपीएलमा नेपालका सन्दीप लामिछाने आबद्ध जमैका तालवाज गुयाना अम्याजन वारियर्ससँग १४ रनले पराजित भएको छ । गुयानाले १९ ओभर एक बलमा अलआउट हुँदै जम्मा एक सय १८ रन बनायो ।

सन्दीपको टिमले एक सय १९ रनको लक्ष्य पनि पूरा गर्न सकेन । उसले २० ओभरमा सात विकेट गुमाएर एक सय चार रन मात्रै बनाउन सक्यो । जमैकाका आन्द्रे रसेलले ५२ रन बनाए पनि अरुले राम्रो रन जोडन सकेनन् ।
गएरातिको खेलमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा मात्र ८ रन दिएर दुई विकेट हात पारे । जारी सीपीएलमा सन्दीपको यो चौथो विकेट हो ।

तीन खेलमा दुई हार बेहोरेको सन्दीपका टिम पुछारबाट दोस्रो स्थानमा छ । तीन खेलमा दुई खेल जितेको वारियर्स शीर्ष स्थानमा छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।