२०८३ भाद्र १० बुधबार
२०८३ भाद्र १० बुधबार

हेटौँडामा मोटरसाइकलको ठक्करबाट डडेल्धुराका ऐडिको मृत्यु

दुई प्रहरीसहित तीन जना घाइते

मकवानपुर – मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्‍याङमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको ज्यान गएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् । नवलपुर जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले बिहान पिटीमा रहेका डडेलधुरा आलिताल गाउँपालिका–६ घर भइ बाग्मती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद एडीलाई ठक्कर दिएको थियो ।

घाइते एडीलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । ऐडि डडेल्धुराको आलिताल गाउँपालिकाका हुन् ।
मोटरसाइकल अनियन्त्रित भइ पल्टँदा चालक हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरका ४१ वर्षका लक्ष्मण लामा घाइते हुनुभएको छ । उहाँको हेटौँडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो । त्यस्तै यही घटनामा प्रहरी जवान नवराज सार्की र विजय खत्री सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।