२०८३ आश्विन २० मंगलवार
२०८३ आश्विन २० मंगलवार

डाक्टर पाण्डेय जसले दिदै छन् निःशुल्क स्वास्थ्य परामर्श

डडेल्धुराः डडेल्धुरा अस्पतालमा कार्यरत डा. असिम पाण्डेयले भोलिदेखि गाउँ गाउँमा गएर स्वास्थ्य परामर्श दिने भएका छन्।

हप्ताको एक दिन निःशुल्क स्वास्थ्य परामर्शका लागि उनी गाउँ गाउँमा जाने भएका हुन्। उनलेदिने यो सुविधा अमरगढी नगरपालिका बासीले मात्रै पाउने भएका हुन्। पहिलो चरणमा उनी भोलि अमरगढी नगरपालिका–२ र ३ मा निः शुल्क परामर्श दिने छन्।

जाडोयाम बढेसँगै ७० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ परामर्श सेवा प्रदान गर्न लागेको डाक्टर पाण्डेयले बताए।

उनले भोलि बिहान ११ बजेदेखी आइत, जोशीना गाउँका सेवाग्राहीका लागि भट्टनगर नजिक कैलपाल मन्दिर चौरमा र दिउँसो १ बजेदेखी काँडे र हाटिगाउँ लगायतका नजिकका सेवाग्राहीका लागि काँडेकोटमा स्वास्थ परामर्श सेवा प्रदान गर्ने छन्।

सेवा लिन चाहनेले सम्पर्क व्यक्ति रमेश भट्टको ९८४८७३७९२१ मा सम्पर्क गर्न सक्नेछन्। डा.पाण्डेयको पुर्खौली घर अमरगढी नगरपालिका–२ आइत हो भने उनी हाल काठमाडौ बस्दै आएका छन्।

उनले केही समय अगाडि मात्रै डडेल्धुरा अस्पतालमा मेडिकल अफिसर ९आठौं० मा नाम निकालेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।