२०८३ श्रावण ३१ आईतवार
२०८३ श्रावण ३१ आईतवार

उपचारका लागि काठमाडौं लैजाँँदै गर्दा वडाध्यक्षको बाटैमा मृत्यु

कोरोना सङ्क्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेको छ। सुनसरीको कोशी गाउँपालिका–२ का वडाध्यक्ष हिरालाल यादवको आज अस्पताल दौडाउँदा दौडाउँदै झापामा मृत्यु भएको हो।

आज दिउँसो घरमै हृदयाघात भएपछि वडाध्यक्ष यादवलाई उपचारका लागि झापाको बीएण्डसी हस्पिटल ल्याइएको थियो। एन्जीओग्राफी गर्न राजधानीको गङ्गालाल हृदयरोग केन्द्र लैजान बीएण्डसीले सिफारिस गरेपछि काठमाडौं लैजाँदै गर्दा बाटैमा नै उनकोे मृत्यु भएको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए।

हृदयाघातका कारण गम्भीर अवस्थामा वडाध्यक्ष यादवलाई सुरुमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको बताइएको छ। तर कोभिड— १९ का विरामीको चापका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर खाली नभएको जानकारी पाएपछि एम्बुलेन्समा राखेर उनलाई झापा ल्याइएको थियो।
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।