२०८३ असार २ मंगलवार
२०८३ असार २ मंगलवार

राष्ट्रिय सभा चुनावका लागि ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकियो

काठमाण्डौ – आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले आज बिहीवार मतदान स्थल र मतदान केन्द्र तोकेको छ । आयोगले प्रत्येक प्रदेशमा १र१ वटा मतदान स्थल र त्यही मतदान स्थलमा २र२ वटा मतदान केन्द्र रहने गरी ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ ।

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर मोरङ, मधेस प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुरधाम धनुषा, बाग्मती प्रदेशका लागि श्री भुटनदेवी मावि प्राविधिक शिक्षालय ब्लक एफु प्राविधिक भवन हेटौँडा मकवानपुर, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन घोराही दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्‍चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढी कैलालीलाई मतदान स्थल तोकिएको छ ।

तोकिएका मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरले मतदान गर्नका लागि छुट्टाछुट्टै मतदान केन्द्र रहने छन् ।

मतदान केन्द्रको विवरण आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको आयोगले जनाएको छ । तोकिएका मतदान केन्द्रमा आउँदो माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।