जनक महरा/कञ्चनपुर- नेपाल स्वयंमसेवक संघ कञ्चनपुर जिल्ला कमिटी आज गठन भएको छ । सुदुरपश्चिम प्रदेश नेपाल स्वयंमसेवक संघ प्रदेश कमिटीले स्वयंमसेवक संघ कञ्चनपुर जिल्ला कमिटी गठन गरेको जिल्ला कमिटी देब सिंह धामीले जनाएका छन् ।



नेपाल स्वयंमसेवक संघ कञ्चनपुर जिल्ला कमिटीको अध्यक्षमा बिक्रम थापा चयन हुनुभएको छ ।
कञ्चनपुर जिल्ला कमिटीको उपाध्यक्ष पार्वती महरा ,सचिव सरोज भण्डारी , सह सचिव रोहित लेखक ,कोषाध्यक्ष किरन पाल ,प्रवक्ता रुपेश बि.क ,सदस्यहरुमा देब सिंह धामी,चन्द्र भण्डारी , दिब्या बि.क, हरिश गिरी, सुनिता धनाडी ,कैलास भट्ट, सोभा क्षेत्री रहेका छन् ।
नेपाल स्वयंमसेवक संघको सुदुरपश्चिम प्रदेश नेपाल स्वयंमसेवक संघ प्रदेश कमिटीको अध्यक्ष नवीन थापा तथा महा सचिव नरेन्द्र सिंह बोहरा चयन भएका छन् । नेपाल स्वयंमसेवक संघले बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

























