२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

डडेल्धुराका दुई पालिकामा अपाङगता मैत्रीपुर्ण निती र व्यवहार पालना सम्बन्धि १० बुदे प्रतिबद्धता


डडेलधुरा(दिपकराज भट्ट)-सात स्थानीय तह रहेको डडेल्धुरामा नवदुर्गा गाउँपालिकाले अपाङगता मैत्रीपुर्ण निती र व्यवहार पालना सम्बन्धि १० बुदे प्रतिबद्धता घोषणा गरेकोछ । डडेल्धुराको भागेश्वर र नवदुर्गा गाउपालिकामा प्रतिबद्धता घोषणा गरिएको हो । लुनिभा बाल सरोकार डडेल्धुराको आयोजना र पालिकाको सहकार्यमा प्रतिवद्धता पत्रमा सयुक्त प्रतिबद्धता जारि गरिएको हो । आईतबार नवदुर्गा गाउपालिका र सोमबार भागेश्वर गाउपालिका एक कार्यक्रम गरि प्रतिबद्धता जारि गरिएको भागेश्वर गाउपालिकाका सामाजिक परिचालन अधिकृत पुस्पराज भट्टले जानकारि दिएका छन् ।
आईतबार गरिएको कार्यक्रममा नवदुर्गा गाउपालिका उपाध्यक्ष प्रमुख अतिथी, लुनिभा बालसरोकारका कार्यक्रम संयोजक कृष्ण मर्हजन, अधिकारकर्मि बिष्णु भट्ट अतिथी रहनुभएको थियो । कार्यक्रममा १५ जना अपाङगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । पालिका लाई अपाङग मैत्री बनाउनुका लागि १० बुदामा प्रतिबद्धता जनाईएको लुनिभा डडेल्धुराका जिल्ल कार्यक्रम अधिकृत जगदिश चुनाराले बताएका छन् ।

No description available.

कार्यक्रममा बोल्दै नवदुर्गा गाउपालिका उपाध्यक्ष निर्मला बोगटिले भन्नुभयो “अपाङगता भएका व्यक्तिहरुलाई पालिकाले सममान गर्ने योजना राखेका छौ । हामीले अपाङगता भएका व्यक्तिहरुको परिचय पत्र वडा स्तरमै पालिकाले वितरण गरिरहेकोछ । सबैले आफ्नो परिचय पत्र लिनु पर्ने सरकारले दिने सेवा सुविधा लिनु पर्ने हुन्छ । हामीले पनि पालिकाबाट सक्दो सहयोग गर्ने छौ
यस्तै कार्यक्रममा बोल्दै लुनिभा बालसरोकारका कार्यक्रम संयोजक कृष्ण मर्हजनले भने““हामीले अपाङगता भएका व्यक्तिले कानुनी रुपमा कतिको सुविधा उपभोग गरेका छन् यसमा पालिकाले कसरि सहजीकरण गरेका छन् भनेर हामीले अध्ययन गरिरहेका छौ । हामीले २०२३ मा विद्यालय लक्षित र समुदाय लक्षित कार्यक्रम गर्र्यौ अब हामीले विद्यालय व्यवस्थापन समिती, बालक्लवहरुमा रहेका गतिबिधिहरु गर्नेछौ ।

No description available.

निती निमार्ण गरेर मात्र भएन हामीले यसको कार्यान्व्यनमा पनि जोड दिन्छौ । हामीले शिक्षा क्षेत्रमा मुलभुत रुपमा काम गछौ । हामीले शिक्षाको गुणस्तर सुधारका लागि के कसरि जान सकिन्छ भनेर हामीले काम गर्दै आएका छौ । अपाङगता भएका व्यक्तिहरुको पहुँच बढाउनुका लागि आजको कार्यक्रम गरिएको हो ।
उता सोमबार भागेश्वर गाउपालिका पनि एक औपचारिक कार्यक्रमका बिच प्रतिबद्धता जारि गरिएको । भागेश्वर गाउपालिका उपाध्यक्ष पुस्पा ठकुराठि प्रमुख अतिथी, भागेश्वर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारती ,लुनिभा बालसरोकारका कार्यक्रम संयोजक कृष्ण मर्हजन अतिथी रहनुभएको थियो ।

No description available.

सोमबार कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष ठकुराठीले भनिन“ अपाङगता भएका व्यक्तिहरु लाई कसरि सहज वातावरण निर्माण गर्नु सकिनछ भनेर जुन यो पहल लुनिभा बालसरोकारले पहल चालेको छ यो निकै सकारात्क हो । जुन अपाङगता भएकाहरुको परिचय पत्र वितरणका लागि पालिकाले अभियान चाल्नेछ । हामीले गाउटोलमै परिचयपत्र वितरण गर्नेछौ । हामीले अपाङगता भएका व्यक्तिहरु लाई कसरि संरषित गर्नु सक्छौत्यसमा हामी निरन्तरता दिन्छौ ।

No description available.

भागेश्वर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारतीले भन्नुभयो “पालिका लाई अपाङग मैत्री बनाउनु सकन्छि यसमा पालिकाको पुर्ण सर्मथन रहनेछन् । लुनिभाले यो अति नै राम्रो कार्यको थालनी गरेकोछ यसमा पालिकाको साथ निरन्तर रहन्छ ।
लुनिभाले भागेश्वरका दुई र नवदुर्गा पालिकाका दुई गरि चार वडामा काम गर्दे आएका छौ । विद्यालयको पढाई गुणस्तर सुधारका कुरामा हामीले विद्यालय र समुदाय लक्षित कार्यक्रमहरु गर्दै आएकोछ ।

परिचयपत्र वितरणका मापदण्ड- 
नेपाल राजपत्र खण्ड ५६ (२०६३ भाद्र २०) अनुसार अपाङ्गताको मात्राको आधारमा गरिएको वर्गीकरणलाई मुख्य मापदण्ड बनाई चार समूहका परिचयपत्रहरू वितरण गरिनेछ जस अनुसार

क) पूर्णअशक्त अपाङ्गता
व्यक्तिको शारीरिक वा मानसिक प्रणालीहरूमा भएको कार्यगत विचलनका कारण अरूको सहारा लिएर पनि दैनिक जीवन सम्पादन गर्न नसक्ने अवस्थाका व्यक्तिहरू, तीव्र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, पूर्णरूपमा श्रवण–दृष्टिविहीन व्यक्तिहरू तथा आफैँ हलचल गर्न नसक्ने गरी पूर्णरूपमा अशक्त भई अपाङ्गता भएका व्यक्तिहरूलाई “क” वर्गको अपाङ्गताको परिचयपत्र वितरण गरिनेछ ।

यो रातो रंगमा सुनौला अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिनेछ ।

ख) अतिअशक्त अपाङ्गता
निरन्तर अरूको सहयोग लिएर मात्र दैनिक जीवन सम्पादन गर्न, आवागमन गर्न, सञ्चार गर्न, लेखपढ गर्न सक्षम हुने व्यक्तिहरू, पोलियो वा अन्य कारणले शरीरको तल्लो भाग पूर्ण सक्रिय नभई वा मेरुदण्डमा चोट वा पक्षाघात भई वा मांशपेसी विचलन भई वा मस्तिष्क पक्षाघात भई कम्मरभन्दा मुनिको भाग क्रियाशील हुन नसकी ह्विलचियरको प्रयोग गर्नुपर्ने अवस्थाका व्यक्तिहरू, दुवै हातको पाखुरामुनिको अङ्ग नभएका वा नचल्ने, कम्मरभन्दा मुनिका अङ्ग नभएका वा नचल्ने व्यक्तिहरू, दुवै खुट्टा पूर्ण क्रियाशील नभई बैसाखीको प्रयोग गर्ने व्यक्तिहरू, पूर्ण दृष्टिविहीन व्यक्तिहरू, बहिरा व्यक्तिहरू, दैनिक जीवन सम्पादन आफैँ गर्न सक्ने तर सिकाइमा समस्या भएका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, निरन्तर अरूको सहयोग लिइरहनुपर्ने बहुअपाङ्गता भएका व्यक्तिहरूलाई, “ख” वर्गको परिचयपत्र उपलब्ध गराइनेछ ।

यो नीलो रंगमा सुनौला अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिनेछ ।

ग) मध्यम अपाङ्गता
कृत्रिम अङ्गको प्रयोग वा सहायक सामग्रीको प्रयोगबाट दैनिक जीवन सम्पादन आफैँ गर्नसक्ने, पोलियो भई घुँडामुनिको अङ्गमा मात्र प्रभाव परेको, स्वतन्त्र रूपमा हिँड्डुल गर्नसक्ने शारीरिकरूपमा अपाङ्गता भएका व्यक्तिहरू, हत्केलाभन्दा मुनिका कम्तीमा बूढीऔँला र चोरऔँला नभएका तथा कुर्कुच्चाभन्दा मुनिको भाग नभएका, मेरुदण्डमा समस्या भई ढाड कुप्रिएको, सिकाइमा ढिला भएका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, श्रवणयन्त्रको प्रयोगबाट मात्र सुन्नसक्ने सुस्त श्रवण व्यक्तिहरू, शल्यक्रियाबाट स्वरयन्त्र झिकी घाँटीको नलीबाट मात्र बोल्नसक्ने व्यक्तिहरू, तीव्र भकभके व्यक्तिहरू, तीन फिटमुनिका पुड्का व्यक्तिहरू, चस्मा र श्रवणयन्त्र दुवै प्रयोग गर्ने श्रवण–दृष्टिविहीन व्यक्तिहरू, लेन्स वा म्याग्निफायरको प्रयोगबाट मात्र पढ्नसक्ने न्यून दृष्टियुक्त व्यक्तिहरू, समूह “ग” का अपाङ्गता वर्गमा पर्दछन् ।

यो पहेँलो रङमा नीलो अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिनेछ ।

घ) सामान्य अपाङ्गता
शारीरिक अङ्गहरूमा सामान्य विचलन भए तापनि दैनिक जीवन सम्पादनमा कुनै कठिनाइ नहुने, हात वा खुट्टा केही छोटो भएका, ठूलो अक्षर पढ्नसक्ने, न्यून दृष्टियुक्त व्यक्तिहरू, हत्केला मुनिका कम्तीमा बूढीऔँला र चोरीऔँला भएका, खुट्टाको औँलाका भागहरू नभएका, श्रवणयन्त्र लगाई वा नलगाई ठूलो आवाज सुन्ने तर बोली स्पष्ट भएका सुस्त श्रवण व्यक्तिहरू, स्मरणशक्ति ज्यादै कम भई सिकाइमा कठिनाइ हुने बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू “घ” वर्गमा पर्दछन् ।

यो सेतो रङमा कालो अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिनेछ ।

यस्तो छ अपाङगता मैत्रीपुर्ण निती र व्यवहार पालना सम्बन्धि १० बुदे प्रतिबद्धता पत्र-

भागेश्वर गाउँपालिका रनवदुर्गा गाउँपालिकामा जारि गरिएको अपाङगता मैत्रीपुर्ण निती र व्यवहार पालना सम्बन्धि १० बुदे प्रतिबद्धता पत्र
                                    भागेश्वर गाउँपालिका रनवदुर्गा गाउँपालिकामा जारि गरिएको अपाङगता मैत्रीपुर्ण निती र व्यवहार पालना सम्बन्धि १० बुदे प्रतिबद्धता पत्र
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।