२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

अहिलेसम्म मौका नपाएकालाई राष्ट्रियसभामा उम्मेदवार बनाउनुपर्छः गगन थापा

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले राष्ट्रियसभा चुनावमा अवसर नपाएकालाई उम्मेदवार बनाउनुपर्ने बताउनुभएको छ ।
आज बुधवार संस्थापन इतर पक्षको भेला सकिएलगत्तै महामन्त्री थापाले यसअघि चुनावमा प्रतिस्पर्धा नगरेका र मौका नपाएकालाई राष्ट्रियसभा चुनावमा उम्मेदवारी बनाउनका लागि पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिने निर्णय गरेको बताउनुभयो । त्यसका लागि एउटा मापदण्ड बनाएर जाने विषयमा पनि छलफल गरिएको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रियसभा चुनावमा अहिलेसम्म मौका नपाएका, यसअघिको चुनावमा भाग नलिएकालाई उम्मेदवार बनाउनुपर्छ । यो समूहले यति पाउनुपर्छ, उति पाउनुपर्छ भन्दा पनि यो पटक सभापतिले राष्ट्रियसभाको टिकट बाँड्दै गर्दाखेरी उहाँ सिङ्गो कांग्रेसको सभापति बन्न सक्नुहुन्छ कि हुन्न भन्ने कुरा महत्त्वपूर्ण हो । यसका निम्ति हाम्रो तर्फबाट प्रेरित गर्ने, दबाब दिने काम गर्नुपर्छ भनेर आज हामीले छलफल गरेको हो ।’

त्यसैगरी बैठकले महासमिति बैठक सार्न नहुने निष्कर्ष पनि निकालेको छ । पार्टीको महासमिति बैठक पनि समयमै गर्नुपर्ने विषयमा पनि छलफल भएको महामन्त्री थापाले बताउनुभयो । उहाँले बैठकमा सुशासनको पक्षमा जोड दिएर अघि बढ्न सरकारलाई पनि सङ्गठित रूपमा दबाब दिन नेताहरूले जोड दिएका बताउनुभयो ।

महामन्त्री थापाले सरकारलाई सुशासनको पक्षमा अघि बढाउन दबाब नै दिनुपर्ने अवस्था आएको पनि उल्लेख गर्नुभयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।