२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

च्यारिटि फाउन्डेसन सहयोगमा अब डडेल्धुरामा संञ्चालन हुनेछ शव वाहन

च्यारिटी हेल्थ फाउन्डेसनले अमरगढी नगरपालिकालाई शव वाहन हस्तान्तरण गरेको हो ।

डडेल्धुराः च्यारिटी हेल्थ फाउन्डेसन नेपालले अमरगढी नगरपालिकालाई शव वाहन हस्तान्तरण गरेको छ । फाउन्डेसनका अध्यक्ष डाक्टर विद्या पन्तले नगरपालिकालाई शव वाहन हस्तान्तरण गरेका हुन् ।

शव वाहन हस्तान्तरण गर्दै डाक्टर पन्तले सुदूरपश्चिमका पहाडी जिल्लामा शव वाहन नभएर समस्या भएकोले सहयोग गरिएको जानकारी दिए । ञडडेल्धुरासहित अन्य पहाडी जिल्लामा पनि अमरगढी नगरपालिका शव वाहनमार्फत सेवा दिनेमा विश्वास लागेको छ,उनले भने, सर्वसुलभ शुल्कमा सेवा दिनेछ भन्नेमा पनि म विश्वस्त छु । २० लाख ५० हजारमा शव बाहन खरिद गरेर हस्तान्तरण गरिएको पन्तले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले शव वाहन सहयोग गरेकोमा च्यारेटी हेल्थ फाउन्डेसन र अध्यक्ष पन्तलाई धन्यवाद दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।