२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

विनय मल्लले गरे ६४ विद्यार्थीलाई ७१ हजार बराबरको पोशाक सहयोग

डडेल्धुरा- डडेल्धुरा घर भइ हाल जापानमा रहेका युवा समाज सेवी विनयप्रकाश मल्लले विद्यार्थीहरुलाई विद्यालय पोशाक सहायोग गरेका छन् । विपन्न विद्यार्थीलाई उनले ७१ हजार ४ सय बरारबको पोशाक सहयोग गरेका हुन् ।

उनले जिल्लाको अजयमेरु गाउँपालिका–२ हाटमा रहेको समैजी प्राथमिक विद्यालयका ६४ जना विद्यार्थीहरुलाई पोशाक सहयोग गरेको बताएका छन् । मल्लले विगतदेखि नै विपन्न वर्गलाई सहयोग गर्दै आएका छन् । उनले विभिन्न विद्यालयमा छात्रवृद्धिका लागि अक्षयकोष समेत स्थापना गरेका छन् ।

समाजसेवी मल्लले उपचार खर्चको अभावमा उपचार गर्न बञ्चित बिरामीहरुलाई पनि आर्थिक सहयोग गर्दै आएका छन् । मल्लले जिल्लाको आर्थिक अवस्थामा सुधार ल्याउने उदेश्यले जापानमा काम गर्न निःशुल्क रुपमा भिषा उपलब्ध गराउन पनि सहयोग गरिरहेका छन्।

जापानी भाषा र सिप सिकाएर जिल्लाका बेरोजगार युवाहरुलाई जापानमा रोजगारीको अवसर प्रदान गर्न सहयोग गरिरहेको उनले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।