२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

प्रहरीदेखे पछी सोह्र लाख फ्याँकेर चालक फरार

 प्रहरीलाई देखेपछि मोटरसाइकल चालक १६ लाख रुपियाँ बाटोमै फ्याँकेर भागेका छन् ।

शनिबार विहान करिब ८ बजे बाराको महागढीमाई नपा वडा–७, बेनौलीस्थित सडकमा प्रहरी चेकिङ टोली देखेपछि ती चालक पैसा फ्याँकेर भागेका हुन् ।

१ हजार दरका ७ सय ६२ थान र ५ सय दरका १ हजार ६ सय ७६ थान गरी नेपाली रुपियाँ सोह्र लाख फ्याँकेर चालक फरार भएको प्रहरीले जनाएको छ ।

पश्चिम बेनौली चोकबाट आएको मोटरसाइकल रोकी चेक गर्ने क्रममा चालकले आफ्नो साथमा बोकेको रातो पहेंलो रंगको झोला फ्याँकेर फरार भएका थिए ।

बरामद गरी रकम फ्याँकेर फरार चालकको खोजतलास शुरु गरिएको प्रहरीले जनाएको छ । स्रोत नखुलेको बरामद रकमका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बारामा ल्याएर थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।