२०८३ असार १८ बिहीबार
२०८३ असार १८ बिहीबार

सुदूरपहाडी जिल्लाका एक महिला वडा अध्यक्ष गौरी, जनप्रतिनिधिसंगै स्वास्थ्यकर्मीको काम पनि..

डडेल्धुराः सुदूरपश्चिम प्रदेशमा रहेका ८८ वटा स्थानिय तहमा जम्मा ७३४ वटा वडा छन् । यि मध्ये ५ वटा वडाको नेतृत्व महिला वडा अध्यक्षको हातमा छ । जम्मा ६७४३ वटा वडा रहेको नेपालमा जम्मा ६९ वटा वडाको नेतृत्व महिला वडा अध्यक्षको हातमा परेको भए पनिसुदूर पश्चिममा निकै न्यून संख्यामा वडाको बागडोर महिला वडा अध्यक्षको हातमा परेको हो ।

९ वटा जिल्ला रहेको सुदुरपश्चिम प्रदेशमा कैलाली जिल्लाको ४ वटा वडाको नेतृत्व महिला वडाअध्यक्ष गरिरहेका छन् भने सुदरपश्चिमको सात पहाडी जिल्ला मध्ये बझांग जिल्लाको एउटा वडाको नेतृत्व महिला वडा अध्यक्षले गरिरहेकी छिन् ।
बझांग जिल्लाको खप्तड छान्ना गाँउपालिका को वडा नं.३ मा ३० बर्षिया गौरी कुमारी अधिकारी वडा अध्यक्षको भुमिकामा छन् । उसो त देशकै राजधानीमा ३२ वटा वडा रहेको काठमाण्डौ महानगरपालीमा जम्मा १ जना मात्र महिला वडा अध्यक्षको रुपमाा विजयी भएका छन् ।
राजधानी भन्दा निकै टाढा र सुदूरपश्चिमको पनि भौगोलीक रुपमा विकट मानिने बझांग जिल्लाको खप्तड छान्ना गाँउपालिका वडा नं.३ का वडा अध्यक्ष ३० बर्षिया गौरी कुमारी अधिकारी आफुले वडा अध्यक्षको टिकट पाए पनि आफ्नै पार्टि भित्रका साथीले बागी उम्मेदवार दिए पछि वडो चुनौतीका साथ विजयी भएका हुन । उहाँको अनुभवमा महिलाहरु लाई राजनितिक मुलधारमा आउन त्यती सहज छैन ।
आफ्नो सरल स्वभावका कारण वडा भित्रका स्थानियहरु संग निकै घुलमिल भएका अधिकारी स्थानिय निर्वाचनमा धेरैको साथ पाए पनि महिलाहरु बाट पाएको उत्साहजनक सहयोगले आफ्नो जित सहज भएको बताउनुहुन्छ ।

३० बर्षिया गौरी कुमारी अधिकारी
                                                            ३० बर्षिया गौरी कुमारी अधिकारी

वडा अध्यक्षमा पद बहाली भएकै दिन सबै साथिहरु खुसियाली मनाईरहेका थिए भने नवनिर्वाचित वडा अध्यक्ष अधिकारी भने वडामा रहेको स्वास्थ्य सँस्थामा प्रसुती गराईरहेका थिए । पदवहाली कार्यक्रम भईरहेको थियो स्वास्थ्य संस्थामा सुत्केरी आउनु भएको रहेछ तर स्वास्थ्य संस्थामा नर्सिंग कर्मचारी नभए पछि स्वास्थ्य संस्था प्रमुखको अनुमतिमा आफुले प्रसुती गराउदाको अनुभव अविस्मरणीय रहेको वडा अध्यक्ष अधिकारी वताउनु हुन्छ ।
महिला वडा अध्यक्ष अझ त्यो माथी स्वास्थ्यकर्मी पनि, स्वास्थ्य चौकी र वडा अध्यक्षको घरको दुरी पनि त्यती टाढा नभएको कारण स्वास्थ्य चौकीमा नर्सिंग कर्मचारी नभएको बेला प्रसुती गराउनका लागी मात्र नभएर सामान्य स्वास्थ्य सम्बन्धि सल्लाहका लागी वडा अध्यक्षको तर्फ बाट निकै सहयोग पुगिरहेको स्थानिय लम्तडा स्वास्थ्य चौकीका प्रमुख योगेन्द्र रोकायाले बताउनु भयो ।

खप्तड छान्ना गाँउपालिका बझांगको पालिका स्तरीय न्यायिक समिति सदश्यको पनि जिम्वेवारी बहन गरिरहेका वडा अध्यक्ष अधिकारी वडा अध्यक्षको रुपमा आईसके पछि सबैलाई समान रुपमा व्यवहार गर्ने र कार्यालयमा मात्र नभई बाटो हिड्दा र भेटिएका जो कोही संग भलाकुसारी गर्ने बानीले आफुहरुलाई प्रभावित पारेको बताउदै महिला वडा अध्यक्ष आई सके पछि हामी महिलाहरुले पनि कार्यकक्षमै गएर आफना कुराहरु ढुक्क संग राख्न पाईरहेको खप्तड छान्ना गाँउपालिका वडा नं.३ का स्थानिय कमला रोकायाले बताउनु भयो ।
सुदरपश्चिमको प्रमुख पर्यटकिय गन्तव्य खप्तड राष्ट्रिय निकुन्जको प्रवेश द्धार समेत रहेको खप्तड छान्ना गाँउपालिका वडा नं.३ को वडा अध्यक्षको जिम्वेवारी पाई सके पछि यस क्षेत्रको पर्यटनमा समेत आफ्नो भुमिका हुनुपर्ने महसुस गरेका वडा अध्यक्ष अधिकारीले आफ्नो कार्यकालमा खप्तडको पर्यटन प्रमुख प्राथमिकताको क्षेत्र रहेको बताउछन भने महिला शसक्तिकरण र वडाको अन्य समग्र विकासका लागी अन्य विभिन्न संघसंस्थाहरु संग समन्वय र सहकार्य गरि अघि बढिरहेको बताउनु भयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।