डडेल्धुरा(दिपकराज भट्ट)- डडेल्धुराको भागेश्वर गाउँपालिका गुणस्तरिय शिक्षाका लागि बहस कार्यक्रम आयोजना गर्ने भएकोछ । पालकिाले सरोकारबालाहरु सँग बृहत बहस कार्यक्रम मंसिर २५ गते गर्ने पालिकाका शिक्षा शाखा प्रमुख गणेश पौडेलले जानकारि दिएका छन् । भागेश्वर गाउँपालिकाले पालिकालाई शैक्षिक सुधार बर्ष २०८० को रुपमा घोषणा गरेकोछ ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख, गाउँ शिक्षा समितिका पदाधिकारी, सवै प्रधानाध्यापकहरु, स्थानीयपालिका स्थित राजनैतिक दलका प्रमुखहरु, पूर्व शिक्षक, पत्रकार, गाउँपालिकाका पदाधिकारी, कर्मचारी र सहयोगी संस्था लुःनिभा बीच हुने पालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताएका छन् ।
पालिकाले तलका बहसका विषयहरुमा अमुल्य राय सुझावका लागि अनुरोध गरेकोछ ।
१.पाठ्यक्रम, पाठ्यपुस्तक, समावेशी शिक्षा ,भौतिकपूर्वाधार, सिकाइ वातावरण, विषयगत शिक्षकको योग्यता, शिक्षण कला, पेशाप्रतिको जवाफदेहीता, शैक्षिक व्यवस्थापन, अनुगमन, निरीक्षण, सुपरीवेक्षण, मूल्यांकन प्रणाली गुणस्तरीय शिक्षाको लागि कस्तो कस्तो योजना बनाई लागु गर्नुपर्ला ।
२.व्यवहारिक दृष्टिकोणमा सिकाइमार्फत मानवीय व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सक्ने, व्यवहारिक समस्याहल गर्न सक्ने, कामप्रति सम्मान गर्ने, उद्यमशील, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगतमा योगदान दिन सक्ने नागरिक तयार गर्नेमा शिक्षकको भूमीको विषयमा ।
३.विद्यालयको शैक्षिक गुणस्तर शिक्षकको एकल प्रयासबाट मात्र सम्भव छ रु होइन, गुणस्तर सुधार गर्न असल नेतृत्व दक्ष शिक्षक, जिज्ञाशु विद्यार्थी, महत्वाकांक्षी अभिभावक, सरोकारवाला र नीतिनिर्माताहरुको साझा प्रयत्नबाट मात्र सम्भव छ । शैक्षिक गुणस्तर सुधारका आधारभूत मापदण्डहरु के के हुन सक्छन हाम्रो परिवेश भित्र ।
४.असल नेतृत्वः शैक्षिक गुणस्तर सुधारको लागि योग्य सक्षम क्षमतावान दूरदृष्टि र दृढ इच्छाशक्ति भएका व्यक्तिलाई प्रधानाध्यापकको जिम्मेवारीको वारे वहस ।
ङ। दक्ष शिक्षकः शैक्षिक गुणस्तर सुधारको केन्द्रीय भूमिका शिक्षकको रहेको हुन्छ । विद्यालयमा योग्य, सक्षम, जाँगरिला, समर्पित, शिक्षणलाई जागिरको रुपमा भन्दापनि जिम्मेवारीको रुपमा लिएर सबै बालबालिकालाई आफ्नै छोराछोरी समान सिकाइ गर्नसक्ने, सकारात्मक सोच भएका आधुनिक प्रविधिसँग परिचित उत्कृष्ट जनशक्तिलाई शिक्षण पेशमा आकर्षणको लागि सामाजिक परिवेश तयारका लागि राजनैतिक दलहरुको भूमीका कस्तो हुनु पर्दछ ।
५. जिज्ञासु विद्यार्थीः विद्यालयमा बालबालिका सामाजिक, पारिवारिक, आर्थिक, मनोवैज्ञानिक भय, चिन्तारहित भएर सिक्न सदैव तत्पर राख्न अभिभावकको भूमीका रहनुपर्दछ ।
छ। व्यवहारिक सिकाइः सिकाइ परीक्षामुखी मात्र नभएर कुनै पनि प्रकारको डर, त्रासरहित वातावरणमा आधुनिक प्रविधिको प्रयोग गर्दै रचनात्मक, सिर्जनशील प्रयोगात्मक, खोजमूलक, स्थलगत भ्रमणमा आधारित, अनुसन्धानमूलक, परियोजनाकार्यमा आधारित हुनुपर्ला।
६.सिकाइ वातावरणः विद्यालयको भौतिकपूर्वाधार बालबालिकाको सर्वोच्चता कायम भएको बालमैत्री पढौं पढौं लाग्ने सुसज्जित कक्षा कोठा, स्वच्छ सफा खानेपानीको व्यवस्था, उपयुक्त फर्निचर, उपयुक्त व्यवस्थित खेलमैदान, सुरक्षित कम्पाउण्ड घेराबार, मनोरम हरियाली वातावरण, व्यवस्थित पुस्तकालय, प्रयोगशाला, डिजिटल सामग्री कम्प्युटर, ल्यापटप, स्मार्ट बोर्ड आदि प्रत्येक कक्षामा सिकाइ कुना, चमेना गृह, जस्ता भौतिक पूर्वाधारका लागि पालिकाले के के योजना नीति निर्माण गरेको छ छैन।
७. समुचित व्यवस्थापनः विद्यालयको शैक्षिक भौतिक आर्थिक पक्षहरु चुस्तदुरुस्त र पारदर्शी राख्न विद्यालय व्यवस्थापन समिति विद्यालय सुधार योजना निर्माण, सामाजिक परीक्षण, अन्य योजना निर्माण तथा निर्णय प्रक्रियामा समुदायको सार्थक र निर्णायक सहभागीता गराउनु विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ विद्यालयको व्यवस्थापकीय पक्षमा जिम्मेवार, जवाफदेही र उत्तरदायी सम्वन्धि भूमीकाको वारेमा वहस ।
८. विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक , स्थानीयतह र विद्यार्थीको भूमिका ।
९. शैक्षिक गतिविधिको समयानुसार सञ्चालन गर्ने, नियमित अनुगमन तथा सुपरीवेक्षण विद्यालय व्यवस्थापन समिति, राजनैतिक दल,अभिभावक, समुदाय र स्थानीयतहको भूमिका ।
सुझावका लागि भागेश्वर गाउँपालिकाको फेसबुक पेज र मेल मार्फत पनि सुझाव दिनु सकिनेछ ।



भागेश्वोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय | सुदुरपश्चिम प्रदेश ,नेपाल (bhageshwormun.gov.np)

























