डडेल्धुरा(दिपकराज भट्ट)- डडेलधुरोको भागेश्वर गाउँपालिका २ रुपालमा रहेको असिग्राम मावि. लाई क्याम्पस स्थापना गर्नका लागि विद्यालयले अपिल गरेकोछ । पछिललो समयमा विभिन्न व्क्ति, सामुदायिक वनअहरु, संघ संस्था बाट सहयोग जुटि रहेको र अझै रकम अपुग भएकाले क्याम्पस स्थापनाका लागि आर्थिक अभियान जारि राखेको विदालयका प्रध्यानाध्यपक राजेन्द्र पाण्डेयले बताएका छन् । क्याम्पस संञचालनका लागि धरौटि स्वरुप रु ४५ लाख जम्मा गर्नु पर्ने भएकाले अभियान मार्फत हाल सम्म ३० लाख जम्मा भएको र अझै १५ लाख अपुग भएकाले हामीले अभियान लाई निरन्तरता दिएका छौ ।
क्याम्पस रुपालमा दिगो रुपमा चल्छ त ? भन्ने प्रश्नको जवाफमा प्रध्यानाध्यापक पाण्डेयले भने
यसमा दुई मत छैन हालकै एसईइमा ग्रड पद्धती कायम रहने हो भने क्याम्पस चल्छ यहाँ एईइ बाट उतिर्ण भएर आउने विद्यार्थीहरुको संद्यया १ सय २० जना भन्दा माथि छ सुदुर पश्चिम विश्वविद्यालयको नियमा अनुसार एउटा कक्षामा ५० जना हुने नियम छ यो संख्या सहजै पुग्छ ।



क्याम्पसमा केके बिषय अध्यापन गराईन्छ त?
अहिले यस क्षेत्रका लागि हामीले शिक्षा संकाय तर्फ एड तर्फ स्वास्थ्य र नेपाली बिषय अध्यापन गर्ने गरि माग गरेका छौ यिनै कक्षाहरु हामी संञ्चालन गर्छौ ।
सबै सहयोगीहरुको नाम क्याम्पसको हाता भित्र शिलालेख समेत राखिने पाण्डेयले बताएका छन् ।
हाल सम्म सहयोग गर्ने सबै लाई धन्यबाद दिन चाहान्छौ हाम्रो अभियान निरन्तर छ तपाईले ईचछा अनुसारको सहयोग गर्न सक्नु हुन्छ । क्याम्पस सबैको सरोकारको बिषय हो । क्याम्पस स्थापना हुन हामी सबैको सरोकारको बिषय पनि हो ।
रुपालमा क्याम्पस स्थापना भए रुपाल बाट पढाईकै लागि डडेल्धुरा जिल्ला सदरमुकाम तथा तराईका जिल्ला जानु पर्ने बाध्यता हटनेछ ।

























