२०८३ श्रावण १८ सोमबार
२०८३ श्रावण १८ सोमबार

भागेश्वरमा शैक्षिक गुणस्तर बर्ष २०८० प्रभावकारि बन्दै

३२ बिद्यालयका सूचना अधिकारीलाई भागेश्वर गाउँपालिकाले दियो दुई दिने अभिमुखीकरण
डडेल्धुराः डडेलधुराको भागेश्वर गाउँपालिकाले शैक्षिक गुणस्तर बर्ष २०८० घोषणा अनुरुप कार्यक्रम गर्दे आएकोछ । पालिकाले विद्यालयको भौतिक प्रगती सँगै शैक्षिक गाुणस्तरको प्रगतीमा पनि अगाडि बढदै गएको सारदा मावि सिराडका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रतन चाडले बताएका छन् ।
पालिकाले घोषणा अनुरुप विद्यालयमा गृर्हकार्य डायरि, हाजिरि पुस्तिका, शिक्षक हजारि फाईलहरु कार्यान्व्यनमा ल्याएको र यसका साथै पालिकाले अनुगमलाई जोड दिएको शिक्षा शाखा प्रमुख गणेश पौडैलले बताएका छन् ।
पालिकाको विकासका लागि शिक्षा पहिलो प्राथमिकतामा रहेकाले हामीले यो बर्ष पालिका लाई शैक्षिक गुणस्तर बर्षका रुपमा घोषण गरेका हौ । यसको नतिजा अहिले नै नदेखिए पनि विस्तारै सकारात्मक परिर्वतन देखिने हो । पछिल्लो समयमा हामीले गरेको अनुगमनमा शिक्षा क्षेत्रमा पक्कै पनि पहिले भन्दा सुधार भएकोछ ः पालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताएका छन् ।

बिद्यालयका सूचना अधिकारीलाई दुईदिने अभिमुखीकरण तालिम दिएको छ 

गाउँपालिका मावि, प्रावि, आवि गरी ३२ बिद्यालयका सूचना अधिकारीहरुलाई सूचनाका हक लगायतका बिषयमा तालिम दिइएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रमको समापनमा बोल्दै भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौतले गाउँपालिकाको निती र कार्यक्रममा भागेश्वर शैक्षिक गुणस्तर बर्षको रुपमा कार्यान्वयमा जोड दिएका थिए ।

शैक्षिक समृद्धीतर्फ बजेट कार्यान्वयमा गाउँपालिको जोड दिइरहेको प्रमुख प्रशासकिय अधिकृत भारतीले बताए ।

जनहितमा जारि सन्देश
जनहितमा जारि सन्देश

खबरदारी न्युज

खबरदारी न्युज

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।
Yatayat