डडेल्धुराः राष्ट्रिय एकता र सम्वृद्धिका लागि ‘झुलाघाटबाट चिवा भञ्ज्याङसम्मको संकल्प यात्रा’को क्रममा शुक्रबार बसपार्कमा आयोजित सन्देश सभामा पन्त पुनः एमालेमै फर्किएका छन्। काँग्रेस प्रवेश गर्नु अघि पन्त एमाले डडेल्धुराका सहसचिव थिए।
केही समय अगाडि काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेसमा प्रवेश गराएका नेता प्रदिप पन्त पुनः एमालेमै फर्किएका छन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओली सहितका शिर्षस्त नेताले पार्टीमा स्वागत गरेका थिए। स्वागतकै क्रममा अध्यक्ष ओलीले पन्तलाई सुन्तलाको दानो दिएका थिए।



Views: 166

























