२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

नेपालमा पहिलोपटक समलैंगिक विवाह औपचारिक रुपमै दर्ता

काठमाडौंः नेपालमा पहिलोपटक समलैंगिक विवाह औपचारिक रुपमै दर्ता भएको छ। नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबीचको विवाहलाई नेपालको स्थानीय प्रशासनले बुधवार दर्ता गरेको हो।

दोर्दी गाउँपालिका वडा नम्बर २ की स्थानीय पञ्जिकाधिकारी रञ्जु विश्वकर्माले सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम पाण्डे र गुरुङबीचको विवाहलाई दर्ता गराएकी हुन्। दर्तामा उनीहरूले विवाह गरेको मिति २०७४ असोज २७ गते राखिएको छ।

null

 

सर्वोच्चले गत असारमा समलैंगिक विवाह दर्ता गराउनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी भएको थियो। यसलाई लिएर अधिकारकर्मीहरूले लामो संघर्षपछि नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको औपचारिक रूपमै विवाह दर्ता गर्ने व्यवस्था भएको भन्दै खुसी व्यक्त गरेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।