डडेल्धुराः केहि बर्ष अगाडि भागेश्वर गाँउपालिकाले उज्यालो भागेश्वर कार्यक्म लागु भएको थियो । जसमा अध्यारा बस्तीहरु लाई उज्यालो बनाउने अभियान रहेको थियो । सोहि अभियान अन्र्तगत चुलल गाँउ पनि समावेस भएको थियो । बेला बेलाको लफडाका कारणले चुल्ल गाँउमा अझै पनि वजिुली पुग्न सकेको छैन् । नयाँ जनप्रतिनिधिहरु आए पछि यसलाई प्राथमिकताको साथ हेरिएको थियो । तिहार लगतै वजिुली बल्ने प्रतिवद्धता भएपनि पछिल्लो समयमा समान अभावले गर्दा काममा केहि ढिलाई हुने पालिका अध्यक्ष हेमराज चटौतले जानकारि दिएका छन् । उनले भने अबको केहि दिनमै चुल्ल, बनचुल्लमा विजुली बल्ने छ ।



गाउँपालिकाको केन्द्र बगरकोट बाट नजिकै रहेका उक्त गाउँहरुमा एक डेढ घण्टा हिडेर पुग्नु सकिन्छ। यी क्षेत्रमा विजुली नहँदा यँहाका नागरिकहरु सञ्चार सेवा तथा पढाइमा बाधा पुगिरहेको स्थानिय विद्यार्थी सरिता भट्टले बताइन्।


























