२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

पूर्व प्रधानमन्त्री देउवाले मटेलामा पूरानै शैलीमा नयाँ घर बनाउँदैः २२ बर्षपछि घर निमार्ण हुँदै

डडेल्धुराः डडेल्धुरा जन्म घर भएका शेरबहादुर देउवाले आफ्नो घर पुरानै शेलीमा २२ बर्षपछि निमार्ण गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भत्किएको जन्मघर भएको स्थानमा नयाँ घर बनाउन लागेका छन् । उनले पूरानै शैलीमा घर निर्माण गराउन लागेको देउवाका भतिजा तथा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले जानकारी दिए ।

तस्विरः  सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा सासंद सरस्वती खड्का लगायत वडा अध्यक्षहरुको टोली शेरबहादुर देउवाको जन्म घरमा
तस्विरः सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा सासंद सरस्वती खड्का लगायत वडा अध्यक्षहरुको टोली शेरबहादुर देउवाको जन्म घरमा

पूर्व प्रधानमन्त्री परिवार स्वयम्को लगानी रहने उक्त घर चार कोठाको दुई तले बन्ने देउवाले बताए । डडेल्धुराको गन्यापधुरा गाउपालिका–१ रुवाखोला क्षेत्रको मटेला गाउँको एक घरमा देउवाको जन्म २००३ जेठ ३१ गते भएको थियो । देउवाको जन्मघर अहिले भत्किएको अवस्थामा छ।

२०५८ वैशाख ४ गते देउवाका दाजुभाइलाई तत्कालीन विद्रोही माओवादीले घरबाट निकालेका थिए । भने, ८ गते घरमा आगजनी गरेका थिए । त्यसयता सामान्य मर्मत नगर्दा घरको भग्नावशेष मात्र बाँकी छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।