२०८३ असार २० शनिबार
२०८३ असार २० शनिबार

चलोले प्रख्यात ‘बडाल जाँत’भोलिः पालिकाले दियो स्थानीय बिदा

डडेल्धुराः डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले भोलि(शुक्रबार) स्थानीय बिदा दिएकोछ। भोलि लाटागन्यापमा हुने प्रसिद्ध बडाल जाँतको अवसरमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ।

गन्यापधुरा गाउँपालिकाको वडा न २ बडाल स्थित गणेशपुरमा रहेको लाटा गन्याप देवताको मन्दिरमा लाग्ने वडाल मेला काक्तिक शुक्ल दशमीको दिन राती रतेडी र एकादशीको दिन दिवा मेला लाग्ने परम्परा रहिआएको छ।

लाटा गन्याप देवताको भक्ति स्वरूप बनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ।

डडेल्धुरा लगाएत प्रदेशका विभिन्न क्षेत्रबाट बडाल जाँतमा दर्शनार्थीहरु आउने गरेका छन्। ढाल तरबार खेलाइ नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको छ। मेलामा स्थानीय उत्पादनको बिक्रि समेत हुने गरेको छ। गन्यापधुरा गाउँपालिका वडा नं २ का अध्यक्ष मनोज देउवाले मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न अरु वर्ष झै यो वर्ष पनि जुवातास, मदिरा पूर्णरुपमा बन्द गरिएको बताए।

May be an image of text

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।