२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

जुवाखालबाट प्रहरी असई पक्राउ

काठमाडौंः धुलिखेलमा शुक्रबार जुवाखालबाट पक्राउ पर्नेमा प्रहरी सहायक निरीक्षक (असई) पनि रहेको खुलेको छ। असई भिमसेन आचार्य अन्य १२ जना जुवाडेसँगै समातिएका हुन्।

धुलिखेल ४ स्थित यूनिक भोजनालयमा छापा हानी प्रहरीले ४ लाख ४२ हजार नगदसहित १३ जनालाई पक्राउ गरेको थियो। प्रहरीले पक्राउ परेकाहरूको नाम प्रहरीले गोप्य राखेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जुवामा असई पनि पक्राउ परेको पुष्टि गरे। तर आफू खाजा खान जाने क्रममा हुलमुलमा परेर समातिएको उनले बताएका छन्। बनेपा बस्ने असई आचार्य मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत छन् । उनी पहिलेदेखि नै जुवा खेल्दै आएको प्रहरी अधिकारी बताउँछन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।