पर्साइ
धान कुटि चुटि वर ,गहु बुन आयो
तहइ पल्लि गाउँ घरमा,प्रसाईं लइ आयो ।



काइ तल्तिर काइ मल्तिर,गहुमाइ पर्सो हाल्या
पर्सारि खणबौसे मिलि,पर्सो खेत हाल्या
बिहानै पथणो डोको ,जमा अरि हाल्या ।।
टिकाटोइला लगाइवर ,पर्सोलाइ बोकन्या ।
पल्लि गाई गोरु ,वाछि डोको बाउसो
उतिपछा मान्छ लाऊन्या ,चलनछ इसो ।।
पणम गाणि घघरेइ ,पर्सो बोक्दिछन ।
बौसा भण्या खणबौस्या,पर्सो खन्नाछन ।।
लाउन पाक्दा भुजा ड्ल्ला,उसै निको साग ।
दिन्याका दणकानि छाच,दस लाउन मेरा भाग ।।
बसाइतिक पर्सो फिज्जा,समय भयाले ।
पर्सो बोक्दाइ रात पणिएले,भोलका दिनले ।।
बत्ति बाल्लु पर्साका ठउर,जऊको आसन ।
पछा पलुङ्गो छोणिदिनान,सागकि फसन ।।
भोजराज पन्त (शिक्षक)
Views: 604

























