- डडेल्धुरा(डिआर भट्ट): डडेल्धुराको अजयमेरु गाउपालिका ६ राजुलमा आज सुरु भएको बृहत साँस्कृतिक कार्यक्रम तथा खुल्ला भलिबल प्ुरुष भलिबल प्रतियोगिता सांसद सरस्वति डकाले भनिन्ः घरमा कुनै पनि नारीहरुलाई नरुवाउनु होला । हरेक नारी लाई माया दिनुहोला ममता दिनुहोला खुशी दिनुहोला । धनी कोहि हुँदैन हामी यहि माटोमा जन्मेका हौ । हामी यहि माटोमा कुटो कोदालो गर्ने यहि माटोमा जन्मेका हौ । हामी सबैले नारी लाई खुशी राख्नुहोला ।
आज दिउसो १ बजे एक औपचारिक कार्यक्रमका बिच कार्यक्रम सुरु भएको हो । अजयमेरु गाँउपालिका द्धारा प्रायोजित तथा अजयमेरु ६ राजुल द्धारा आयोजित कार्यक्रम सुरु भएको हो । कार्यक्रममा प्रमुख अथिती सुदुरपश्चिम प्रदेश सभा सदस्य सरस्वति खड्का, बिशिष्ठ अथितीमा अजयमेरु गाँउपालिकाका प्रमुख उमेश भट्ट (बिकास), अथितीमा पालिका उपाध्यक्ष, वडा अध्यक्षहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सभापतिमा अजयमेरु ६ का वडा अध्यक्ष हरि भण्डारि रहेका थिए ।
भलिबलमा प्रथम हुने टिमले रु ७७ हजार ७ सय ७७ नगद, द्धृतीय टिमले ५५ हजार ५ सय ५५ , तृतीय टिमले ३३ हजार ३ सय ३३ र सान्तोना हुने टिमले रु ५ हजार ५ सय ५छ पाउने छ । यो सँगै कार्यक्रममा हुडकेली नाँच, डेउडा लगायतका सास्कृतिक कार्यक्रमहरु रहनेछन् । कार्यक्रम २५ गते सम्म चल्ने छ ।



Views: 546

























