२०८३ भाद्र ३ बुधबार
२०८३ भाद्र ३ बुधबार

डडेल्धुरामा मेयरलाई जलाउँछु भन्ने व्यापारी प्रहरि खोरमा

डडेल्धुरा: डडेलधुराको अमरगढी नगरपालिका प्रमुख डिल्लीराज जोशीलाई डोजर चलाए पेट्रोल छर्किएर आगो लगाउने धम्की दिने एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

बागबजारमा रहेको महाकाली ट्रेडर्सका सञ्चालक तीर्थ भण्डारीलाई मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा इन्सपेक्टर कुसुम नायकले जानकारी दिए।

डडेल्धुरा सदरमुकाम बागबजारमा सडक फराकिलो बनाउन अमरगढी नगरपालिका र सडक डिभिजन कार्यालयले डोजर चलाएपछि विवाद उत्पन्न भएको थियो। सडक बिस्तारका लागि बागबजार क्षेत्रमा जग्गाको मुआब्जा वितरण गरिएको थियो।

सरकारले मुआब्जा वितरण गरिसके पनि घरबेटी र व्यापारीहरुले पूरानै सडकसम्म व्यापार गर्दै आइरहेका थिए । १५।१५ मिटर सडक दायाँबायाँ खाली गर्न अमरगढी नगरपालिका र सडक डिभिजन कार्यालयले बारम्बार सूचना जारी गरेको थियो।

तर, घरबेटी र व्यापारीहरूले अटेरी गरेपछि सोमबार अवैघ संरचना हाटाउन अमरगढी नगरपालिकार सडक डिभिजन कार्यालयले जोडर चलाएको थियो । सेट ब्याग छोड्नु पर्ने प्राबधान भएपनि बागबजारका घरबेटी र व्यापारीहरुले मानेका छैनन्।

सडकको क्षेत्राधिकार १५।१५ मिटर दायाँ बायाँ र व्यक्तिगत एवं व्यापारिक प्रायोजनका लागि पर्ने ६।६ मिटर दायाँरबायाँ छोड्नुु पर्ने प्राबधान रहेको छ । घरधनीलाई बागबजार क्षेत्र भूगोललाई मध्यनजर गरि ३।३ मीटर दायाँ बायाँ सेट ब्याग छोड्न भनेको अमरगढी नगरपालिका प्रमुख डिललीराज जोशीले बताए ।

तर, उल्टै पेट्रोल छर्केर आगो लगाउछु भन्दै पेट्रोल निकाली सलाई कोर्न थालेपछि अराजकता रोक्न उनलाई थुन्न लगाएको मेयर जोशीको भनाइ छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।