२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

चाडपर्व लक्षितः भागेश्वरमा बजार अनुगमन, अखाद्य सामान नष्ट

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकाका बजारमा अनुगमन गरिएको छ । कालोबजारी नियन्त्रण गर्न, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउन र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको हो ।

सोही क्रममा अवैध म्याद सकिएका र लेबल नभएका १३ हजार २३५ रुपैयाँका सामान फेला पारेर नष्ट गरिएको गाउँपालिकाले जनाएको छ ।

बगरकोट, लाकम, बुर्स खानीडाड, पनिउट, जाख, बयलपाट, रुपाल, बोगटा, लामीकाण्डे र नानीगाड लगायतका बजारमा अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए ।

 

गाउँपालिकाको आयोजनामा भएको अनुगमनमा पालिकाका कर्मचारी, जनप्रतिनिधि र स्थानीय प्रशासनका प्रतिनिधिको सहभागिता रहेको थियो ।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।