२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

डडेल्धुराको एक पसलमा आगलागिः लाखौंको क्षति

डडेल्धुराः डडेल्धुरा जिल्ला सदरमुकाम नजिकै तल्लो खलंगामा गएराती एक पसलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ। पसल सञ्चालक घाइते भएका छन्।
अमरगढी नगरपालिका ४ तल्लो खलंगाका कमल गुरुङको मदिरा पसलमा मध्यराती एक्कासि आगलागी हुँदा लाखौंको क्षति भएको अनुमान गरिएको छ। आगलागीबाट निस्सासिएर गुरुङ घाइते भएको र उनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आगलागीबाट उनको शरीरको बाहिरी भाग जलेको छ। हात र खुट्टामा जलन भएको छ।

उनको अवस्था खतरामुक्त भएको प्रहरीले जनाएको छ। पसलभित्र के कति क्षति भयो भन्ने एकिन जानकारी आइनसकेको र प्रहरी अहिले मुजुल्का उठाउन घटना स्थल पुगेको डडेल्धुराका प्रहरी नायब निरीक्षक करबीर ऐरले जानकारी दिए। पसलका साहु अस्पतालमा भएकाले उनी आएपछि मुजुल्का उठाउने कुरा भइरहेको ऐरले बताए।

आगलागी हुने बितिक्कै अमरगढी नगरपालिकाको दमकल घटना स्थल पुगेर आगो नियन्त्ररण लिएकोले ठुलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान गरी पत्ता लगाइने प्रहरीले जनाएको छ।

May be an image of text

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।