२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

राखेप सदस्यसचिवका लागि १३ जनाको आवेदन

काठमाडौं :  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवका लागि अहिलेसम्म १३ जनाले आवेदन दिएका छन्। ‘ आज अपरान्ह १२ बजेसम्म १३ जनाको आवेदन परेको राष्ट्रिय खेलुकद परिषदले जनाएको छ। 

आवेदन दिनेहरुमा निवर्तमान सदस्यसचिव रमेश कुमार सिलवालसँगै रोशन महर्जन, अनिल अधिकारी, हर्क बहादुर राई, मिना श्रेष्ठ, शिवराज भट्ट, लिल बहादुर थापा, रविराज कणिकार, अच्युत लामिछाने, निलम बज्राचार्य, अन्जु श्रेष्ठ, मेघराज पौडेल र रामेश्वर श्रेष्ठ रहेका छन्।   निलम बज्राचार्य र अन्जु श्रेष्ठ पूर्व राष्ट्रिय महिला भलिबल खेलाडी पनि हुन्। यस्तै अनिल अधिकारी नेपाल क्रिकेट संघको बागमती कोषाध्यक्ष हुन्। रविराज कणिकार एथ्लेटिक्स संघमा आबद्ध छन्। 

यस्तै पहिलो आवेदन दिने रोशन महर्जन गएको १० वर्षदेखि नेपाल व्यायाम मन्दिरमा कार्यसमितिमा नै रहेर काम गरिरहेका व्यक्ति हुन्। उनी शारीरिक सुगठनका निर्णायक पनि हुन्। 

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिमबहादुर रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सिफारिस समितिले आवेदन दिनेमध्येबाट एक महिलासहित तीन जनाको नाम मन्त्रालयमा पेश गर्नेछ। 

मन्त्रालयले मन्त्रीपरिषदमा पेश गरेको तीन नामबाट एक सदस्य सचिव हुनेछन्। त्यसरी मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषदबाट नियुक्त भएका सदस्य सचिवको कार्यकाल चार वर्षको रहनेछ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।