२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

डडेल्धुरा गौरा भलिबल तथा डेउडा (२०८०)सहयोगिमा एसियन व्यवस्थापन कलेज धनगढीे

डडेल्धुराः डडेल्धुरा गौरा भलिबल तथा डेउडा (२०८०)सहयोगिमा एसियन व्यवस्थापन कलेज धनगढी रहेकोछ । डडेल्धुरामा खुल्ला भलिबल प्रतियोगिता हुने भएकोछ । खबरदारी न्युजको आयोजना र डडेल्धुरा युवा मञ्चको प्रर्बद्धनका खेलको आयोजना हुन लागेको हो । डडेल्धुरा गौरा तथा डेउडा कार्यक्रममा सात ओटा कार्यक्रम गरिने आयोजक खबरदारी न्युजका अध्यक्ष जनक महराले बताएका छन् । कार्यक्रममा खुल्ला भलिबल प्रतियोगिता, रक्तदान, खुल्ला डेउडा, योग शिविर, अग्नी नियन्त्रण सम्बन्धि सचेतना नाटक प्रर्दशनि, कृषि उपज प्रर्दशनी , नृत गायन,पञ्चेबाजा, बैंक वित्तिय सचेतना कार्यक्रम हुनेछन् । खुल्ला भलिबल प्रतियोगितामा प्रथम टिमले ३७ हजार ३७ , द्धतीय हुने टिमले रु १६ हजार १६ र तृतीय हुने टिमले रु ८ हजार ८ सय ८८ रुपैया नगद सहित कप पाउनेछ । यस्तै डेउडा तर्फ उतकृष्ट २ टिमले नगद सहित सम्मान पाउनेछ ।

कार्यक्रमको भलिबल सह आयोजकमा सिपि अस्पाताल धनगढी र नोभा फार्मेसि धनगढी -डडेल्धुरा रहेका छन् । यस्तै रक्तदान कार्यक्रमको सह आयोजकमा गंगोत्री मेडिकल हल धनगढी, नेक्सेस कलेज धनगढी रहेका छन् । यस्तै डेउडा तर्फ सह आयोजकमा मित्र सिलाई सेन्टर डडेल्धुरा रहेकोछ भने शिर्षक प्रायोजकमा लुनिभा बाल सरोकार डडेल्धुरा रहेका छन् । यस्तै बैंक वित्तिय सचेतना कार्यक्रमको सह आयोजकमा ग्लोबल आई ।एम ए बैंक शाखा डडेल्धुरा रहेकोछ । यस्तै अग्नी नियन्त्रण सम्बन्धि सचेतना नाटक प्रर्दसनीमा नेपाल आर्मि डडेल्धुराको सहयोग रहेको कार्यक्रम संयोजक दिपक राज भट्टले बताएका छन् ।

कार्यक्रम यहि भदौ ३१ र असोज १ गते भागेश्वर गाँउपालिकाको केन्द्र बगरकोटमा रहेको सरस्वति मा।वि। मा हुने छ । यस अगाडि आयोजकले सिजन १ सम्पन्न गरि सकेको र यो दास्रो सिजन चालु रहेकोछ । डडेल्धुरा लाई पर्यटकिय क्षेत्रको रुपमा चिनाउनुका लागि साथै खेलाडिहरुको प्रोत्साहन बढाउनुका लागि कार्यक्रम अमायोजना गरेको महराको भनाई छ । कार्यक्रममा डडेल्धुराका पर्यटकिय क्षेत्रको ब्यानर प्रर्दसनि समेत गरिनेछ । कार्यक्रममा मुख्य व्यवस्थापकको रुपमा समाजसेवि विनोद पाण्डेयको सहकार्य रहेको महराले बताएका छन् । कार्यक्रम सम्बन्धि कुनै जिज्ञासा, सुझाव भए ९८४३८७९०५६ मा सम्र्पक गर्नुहोला ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।