२०८३ असार २७ शनिबार
२०८३ असार २७ शनिबार

अब निःशुल्क प्रयोगकर्ताले ‘ट्वीट डेक’ अर्थात् एक्स प्रो चलाउन नपाउने

काठमाडौं: हालै एक्समा रिब्रान्ड भएको ट्वीटरको ट्वीटडेक (एक्स प्रो) फिचर अब पैसा तिर्ने प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउने भएका छ । यसअघि सो फिचर सबै प्रयोगकर्ताले प्रयोग ‍गर्न पाइरहेका थिए । एक्समा रिब्रान्ड भएसँगै कम्पनीले यो फिचरलाई एक्स प्रो नाम दिएको थियो ।

अब सब्स्क्रिप्सन लिएका प्रयोगकर्ताले मात्रै एक्स प्रो प्रयोग गर्न पाउनेछन् । विभिन्न प्रयोगकर्ताका अनुसार एक्स प्रो फिचर प्रयोग गर्न खोज्दा अहिले पप(अप देखिन्छ, जसमा प्रयोगकर्तालाई एक्स सब्स्क्रिप्सन लिनुपर्ने उल्लेख गरिएको छ ।

“एक्सले अन्ततः ट्वीटडेट निःशुल्क प्रयोग गर्न नपाउने बनाएको छ,” सामाजिक सञ्जाल विश्लेषक म्याट नभर्राले एक्स पोस्ट राख्दै लेखेका छन्, “यो अब प्रिमियम सब्स्क्राइबरका लागि मात्र उपलब्ध हुने भएको छ । यो सोसल मिडिया मेनेजर, पत्रकार र अन्य प्रयोगकर्ताका लागि दुःखद् समाचार हो ।”

यो अप्रत्याशित रूपमा गरिएको परिवर्तन होइन । यसअघि कम्पनीले जुलाई ३ मा सो फिचर छिट्टै प्रिमियम सब्स्क्राइबरले मात्र प्रयोग गर्न पाउने घोषणा गरेको थियो  विशेषगरी कन्टेन्ट क्रियटर, पत्रकार, अनुसन्धानकर्ता, सामाजिक सञ्जाल विश्लेषकले ट्वीटडेक फिचर प्रयोग गर्दै आइरहेका थिए ।

ट्वीटरले सन् २०११ मा चार करोड डलर तिरेर आफ्नो स्वामित्वमा लिएको सो फिचरमार्फत ट्वीटर प्रयोगकर्ताले ट्वीटरका ट्रेन्डबारे जानकारी लिने गर्थे ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।