डडेल्धुरा : डडेल्धुरा गौरा भलिबल तथा डेउडा प्रतियोगिता २०८० आयोजना हुने भएकोछ । डडेल्धुरामा रहेको डडेल्धुरा युवा मञ्च र खबरदारी न्युजको आयोजनामा हुन गर्इरहेको यस कार्यक्रममा डेउडा कार्यक्रमको सह आयोजकमा डडेल्धुराको मित्र सिलाई सेन्टरले सम्झौता हस्ताक्षर गरेकोछ ।
यस कार्यक्रममा खुल्ला भलिबल प्रतियोगितामा डेउडा प्रतियोगिता, रक्तदान कार्यक्रम, बैंक वित्तिय सचेतना , एक दिने योग शिविर, कृषि लघु प्रर्दशनी , पञ्चे बाजा र्याली, सास्कृतीक कार्यक्रम, अग्नी नियन्त्रण सम्बन्धि सचेतना नाटक प्रर्दशनी हुने आयोजकले बताएकोछ ।




कार्यक्रमले डडेल्धुरामा रहेका पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार गर्ने , शिक्षा सचेतना फैलाउने , न्यायमा पहँच बढाउने कार्यमा जोड दिएको कार्यक्रमका सह संयोजक दिपेन्द्र ओझाले जानकारि दिए । कार्यक्रममा मुख्य सहयोगीको रुपमा युवा समाजसेवी विनोद पाण्डेयले साथ दिएका छन् । आयोजकका अनुसार यो दास्रो संस्करण भएको बताएका छन् । यस अघि डडेल्धुरा गौरा भलिवल २०८० सम्पन्न गरेको र यो दोस्रो संस्करण को तयारि जारि रहेको बताईएको छ । कार्यक्रम ३ दिन चल्नेछ । भागेश्वर गाँउपालिकाको केन्द्र बगरकोटमा रहेको सरस्वती मा.वि. को प्राङगडमा कार्यक्रम भदौ २९ देखि असोज १ गते सम्म चल्ने आयोजकले बताएकोछ ।

























