कैलालीको धनगढीस्थित मेरी स्टोप्समा गर्भपतन गराउदा एक महिलाको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका-१२ जुगेडाका देव बहादुर थापाकी श्रीमती ३५ वर्षीया प्रिती थापाको धनगढीमा बिनोद जोशी र उनकी श्रीमती आशिका ओझाले सञ्चालन गरेको मेरी स्टोप्स सामुदायीक क्लिनिकमा गर्भपतन गराउने क्रममा अत्याधिक रक्तश्राव हुदा मृत्यु भएको प्रहरीले जनाएको छ ।



थापाको मृत्युपछि फरार भएका क्लिनिक सञ्चालक जोशीलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार साँझ ५ बजे क्लिनिकमा गएकी थापाको गर्भतपनपछि रक्तश्राव नरोकिएपछि सेती प्रादेशिक अस्पताल लगिएकी थापाको मृत्यु भएको थियो ।
Views: 157

























