२०८३ कार्तिक २० बिहीबार
२०८३ कार्तिक २० बिहीबार

डडेल्धुराको परशुराममा नापी र मालपोतको कार्यालय सञ्चालनमा आउने

डडेल्धुरा : डडेल्धुराको दुई पालिका रहेको भित्रि मधेस क्षेत्रको जोगबुढामा नापी र मालपोतको कार्यालय सञ्चालनमा आउने भएको छ । सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै जोगबुढामा पनि नापी र मालपोतको कार्यालय सञ्चालनमा आउन लागेको मालपोत कार्यालय डडेल्धुराका प्रमुख प्रेम धामीले बताए ।

धामीका अनुसार अहिले कार्यालय तयार भइसकेको र केही आवश्यक सामानहरू राख्न बाँकी रहेकाले भदौको पहिलो साताबाट सञ्चालनमा आउने बताए । अहिले डडेल्धुराको सदरमुकामबाट सेवाग्राहीले सेवा लिइरहेका छन् ।

अब जोगबुढामा पनि कार्यालय सञ्चालनमा आए दुई पालिका परशुराम र आलीताल गाउँपालिकाका नागरिकलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।