२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

डडेल्धुरामा झुण्डिएर आत्महत्या गर्नेको संख्या २६, पचास जना हराएकाहरुको खोजी (के के गर्यो एक बर्षमा हरौं आकडा सहित)

डडेल्धुरा –  डडेल्धुरा जिल्लामा अपराधिक घटनाहरुमा विगतका तीन बर्षको आकडा अनुसार घटदै गएका छन् । आर्थिक वर्ष २०७७।७८ मा १२८ वटा घटनाहरू घटेका थिए। आर्थिक वर्ष २०७८।८९ मा १०७ अपराधिक क्रियाकलाप भएकोमा गत आर्थिक वर्ष २०७९।८० मा ९९ वटा अपराधिक क्रियाकलाप भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।

गत आर्थिक वर्षमा जिल्लामा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्नेको संख्या २६ जना रहेको छ। यस्तै, सार्वजनिक शान्ति विरुद्धको कसूरका १७, भवितव्य ज्यानका १३, लागुऔषधका ८, सवारी ज्यान र बिष खाएका ४।४, कर्तव्य ज्यान, जबरजस्तीकरणी र बालयौन दुराचारका ३र३ वटा मुद्दा दर्ता भएको डीएसपी मनोहर प्रसाद भट्टले बताए।

प्रहरीको सक्रियताले अघिल्ला वर्षहरूमा भन्दा गत आर्थिक वर्षमा हरेक प्रकारका घटनामा कमी जिल्ला प्रहरि कार्यालय डडेल्धुराको दाबि रहेकोछ। गत आर्थिक वर्षमा डडेल्धुरा जिल्लामा ३.०७ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको डीएसपी भट्टले जानकारी दिए। उनका अनुसार जिल्लामा ८ किलो पाँच सय ग्राम लागुऔषध चरेस बरामद गरिएको छ।

उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आत्महत्या रोकथाम तथा लागुऔषधविरुद्ध विभिन्न सचेतामूलक कार्यक्रम गरिएको बताए। कार्यक्रमको प्रभाव रहेको जसले गर्दा समादुयमा घटने घटनाहरुमा कमी आएको हो ।

 

प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले पनि प्रहरी नेतृत्वको प्रशंसा गर्दै आगामी दिनमा थप उत्कृष्ट काम गर्न सुझाव दिए। उनले सबैले एकजुट भएर लागेमा समाज हुने अपराधिक क्रियाकलापहरू विस्तारै घट्दै जाने बताए। यसमा सबैले साथ र सहउोग गर्नुपर्नेमा जोड दिएका छन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले समाजमा घरेलु हिंसाका घटनाहरू भइरहेने हुँदा त्यसको न्यूनीकरण गर्न सबैले लाग्नुपर्ने बताइन् । यसका साथै उनले लागुऔषध, जुवातास न्यूनीकरणमा पनि सबैले ध्यान दिनुपर्ने औंल्याइन् । उनले प्रहरी चाल्ने हरेक अभियानमा साथसहयोग गर्न आफू तत्पर रहेको बताइन्।

 

डीएसपीले भट्ट प्रहरीको आचरण र व्यवहारलाई सुधार गर्दै लगिने प्रतिबद्धता जनाए। ‘मैले सेवाग्राहीहरूलाई प्रदान गरिने सेवा प्रवाहमा समानता र सेवाग्राही मैत्री व्यवहार कायम गर्न प्रहरी कर्मचारी र अधिकारीहरूलाई निर्देशन दिएको छु’, उनले भने, ‘आगामी दिनमा हामी प्रहरीको व्यवहारलाई सुधार गर्दै जानेछौँ।’
डडेल्धुरामा पछिल्लो तीन वर्षको अन्तरालमा अपराधिक क्रियाकलाप अपराधिक क्रियाकलापमा कमी आएको तथ्यांक सार्वजनिक भएको छ।

मंगलबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले गरेको गत आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा अपराधिक घटना घट्दै गएको तथ्यांक प्रस्तुत भएको हो। जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जिल्लामा अपराधिक क्रियाकलाप घट्दै गएको तथ्यांक प्रस्तुत गरेका हुन्।

समाजमा यस्ता घटनुको प्रमुख कारण मदिरा सेवन, लागुऔसतको लत युवाहरुमा लाग्नु तथा सामाजिक संञ्जालको दुर्पयोग रहेकोछ ।
गत आ.वमा जिल्ल प्रहरि कार्यालय डडेल्धुराले मापसे सेवन गरि हल्ला गर्ने २१७ जना लाई आवश्यक कारवाहिका लागि जिल्ल प्रशासन कार्यालय डडेल्धुरामा पठाएको थियो , मापसे सेवन गरि सवारि चलाउने २२३ जना लाई आवश्यक कारवाहि गरेकोछ , निषेधित क्षेत्रमा मदिरा ओसारपोसार गर्ने २६६ जना लाई स्थानीय तहबाट कारवाहि गरेकोछ , ३३०० लिटर अवैध मदिरा नष्ट गरेकोछ ।

गत आ.व. मा ५० जनाको खोजी कार्य गरिएकोछ (हराउनेमा २२ महिला,२२ बालबालिका र २ जेष्ट नागरिक) रहेका छन् । घरेलु हिंसा का ४३ उजुरि दर्ता भएको जसमा आवश्यक सनुवाई गरिएको । ३३ जना हराएकाहरु लाई सम्बन्धित क्षेत्रमा पठाउने व्यवस्था गरेको आकडा सार्वजनिक गरेकोछ ।

हेरौं जिल्ला प्रहरि कार्यालय डडेल्धुराले सार्बजनिक गरेको आकडा:

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।