२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

अछाममा भीरबाट खसेर महिलाको मृत्यु

अछामः अछाममा घाँस काट्ने क्रममा भीरबाट खसेर एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा मंगलसेन नगरपालिका–१ जैधनकी अन्दाजी २४ वर्षीया निर्मला साउद थापा रहेकी छन्।

शनिबार बिहान घर नजिकै रहेको अम्लिसैन भीरबाट लडेर घटनास्थमै निधन भएको वडाध्यक्ष लोकराज नाथले जानकारी दिए। घाँस काट्न गएकी निर्मला भीरबाट करिब दुईसय मिटर तल खसेको बताइएको छ।

मृतक निर्मलाका तीन वर्षीय एक छोरा छन्। श्रीमान् भने अध्ययनको क्रममा जिल्ला बाहिर छन्। उनी मंगलसेन नगरपालिका–१ को वडामा मनोसामाजिक कार्यकर्ताको रूपमा कार्यरत थिइन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।