२०८३ जेष्ठ १८ सोमबार
२०८३ जेष्ठ १८ सोमबार

युवतीलाई क्वार्टरमै किस गर्ने हाकिम लाइ जब अचानक पत्र आएपछि…

काठमाडौँ – परस्त्रीसँग रोमान्स गर्दै गरेको भिडियो टिकटकमा भाईरल भएपछि विवादमा परेका दमकका प्रमुख प्रशासकिय अधिकृत डमरूप्रसाद निरौलालाई मन्त्रालयले २४ घण्टे पत्र काटेर हाजिर हुन वोलाएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार निरौलासँग केही कुरा बुझ्नुपर्ने भएकाले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुनु भन्दै पत्र काटेको हो।

‘तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन साउन १५ को निर्णयानुसार अनुरोध छ,’ उक्त पत्रमा भनिएको छ।

आफ्नो क्वार्टरमा एक युवतीसँग मापसे गर्दै टिकटकमा लाइभ आएपछि उनी विवादमा तानिएका हुन्। सरकारी क्वार्टरमा डिभोर्सी महिलासँग निरौला रक्सिले मदहोस देखिएका थिए। महिलाले टिकटकमा लाइभ कुराकानी गरिरहेका बेला निरौलाले उनीसँग अश्लील गतिविधि गरेको भिडियोमा देखिन्छ । महिलाले प्रतिक्रिया जनाउने क्रममा ‘म हस्वेन्डसँग छु’ भनेको पनि सुन्न सकिन्छ।

 

उनी स्थानीय एक व्यवसायीकी पूर्व पत्न्नी हुन् भने दमक घर भएका प्रमुख प्रशासकीय अधिकृत निरौला विवाहित र २ सन्तानका बाबु हुन् । उनका श्रीमती र छोराछोरी काठमाडौं बस्छन् । श्रीमती पनि उपसचिव रहेको जनाईएको छ।

आलोचना भएपछि निरौलाले भिडियो काठमाडौंको भएको दाबी गरेका छन्। निरौला यस अघि पनि पटक–पटक विवादमा पर्दै आएका ब्यक्ति हुन। ताप्लेजुङको सीडीओ हुँदा पनि निरौला यस्तै गतिविधिका कारण कारबाहीमा परेका थिए भने झापामा सहायक सीडीओ हुँदा जग्गा किर्ते प्रकरणमा परेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।