डडेल्धुरा (डिआर भट्ट)- सुदुरपश्चिम प्रदेश स्तरिय उत्कृष्ट किसानहरुमा डडेल्धुराका प्रसाद अवस्थि र प्रिन्स अवस्थि सम्मानित भएका छन् । प्रदेशमा ५ जना लाई सम्मान गरेको थियो ।
डडेल्धुराका दुई उत्कृष्ट किसानहरुलाई नगद ७५ हजार सहित सम्मान गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुरा (कृषि अधिकृत ) तारि सिंह ठकुराठिले जानकारि दिए । प्रदेशमा छनौट भएका प्रसाद र प्रिन्स जिल्लाका उत्कृष्ट पाँच किसानको सुचिमा परेका थिए । उनीहरुलाई यस अघि जिल्ला स्तरिय उत्कृष्ट किसानहरुको सुचिमा छनौट गरि ज्ञान केन्द्र डडेल्धुराले नगद २५ हजार सहित सम्मान गरेका थियो । प्रसाद अवस्थि गन्यापधुरा १ भात्काडामा कृषि पशुपंक्षि फर्म संञ्चालन गरिरहेका छन भने प्रिन्स अवस्थि अमरगढी २ मौरोडामा कृषि र्फम चलाईरहेका छन् । 




Views: 271

























