डडेल्धुरा (दिपकराज भट्ट) – सुन्दर सुदुरपश्चि चिनाउनुका लागि साईकल यात्रा गर्ने भरतविक्रम शाहले सामाजिक संञ्जालमा आफ्नो अकाउन्ट मार्फत सुदुरका सुन्दर स्थानहरुको बारेमा जानकारि दिदै आएका छन् । यीनै चर्चित साइकल यात्री भरतविक्रम शाहको अभिनयमा रहेको मार्मिक गीत ‘दुःखभित्रको खुसी’ सार्वजनिक भएको छ। उक्त गीत बुधवार कास्पर प्रोडक्सन नामक युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो। उक्त गीतमा आत्महत्या गर्नुहुँदैन भन्ने विषय वस्तु समेटिएको साइकल यात्री शाहले बताएका छन् ।



गीतमा सुशील गर्तौला र सज्जा चौलागाइँको स्वर रहेको छ भने कृष्ण ज्ञवालीको शब्द सिर्जना रहेको छ। चन्द सिंहले सङ्गीत संयोजन गरेको उक्त गीतको चन्द्र चौधरीले मिस्किङ गरेका छन् भने गीतको भिडियो छायाङ्कन सतिस सिन्हाले र मासुम विष्टले गरेका छन्।
हरौं भिडियो-
Views: 191

























