२०८३ असार ७ आईतवार
२०८३ असार ७ आईतवार

पाँच बर्षसम्म पनि पक्कि बन्न सकेन बगरकोट सिराड सडक ः ठेकेदारको चरम लापरवाहि

डडेल्धुरा- डडेल्धुराको भागेश्वर गाउँपालिकाको मुख्य सडक पाँच बर्षसम्म पनि पक्कि बन्न सकेको छैन् । तोकिएको समय भन्दा एक वर्ष म्याद थप हुदा समेत कालोपत्रे हुन सकेको छैन। जिल्ला सदरमुकामको अमरगढी नगरपालिकासँग जोडिएको बगरकोट–सिराड–रुपाल सडकको बिरादे–बगरकोट–सिराड खण्ड कालोपत्रे हुन नसकेको हो।
सडक खण्ड कालोपत्रे गर्नका लागि महादेव खिम्ति,शनिदेव जेभिसँग २०७६ असार ३० गते ठेक्का सम्झौता भएको थियो। २० करोड ७२ लाख लागतमा २०७९ पुस ३० गते काम सम्पन्न गर्नेगरि ठेक्का सम्झौता भएको भौतिक पूर्वाधार विकास कार्यालय डडेल्धुरा प्रमुख नवराज रावलले जानकारी दिए।

सम्झौता अनुसार कालोपत्रेको काम सम्पन्न नभएपछि एक पटकका लागि म्याद पनि थपिएको थियो तर, थपिएको समयमा समेत कालापत्रे हुन सकेको छैन।

उक्त सडक खण्डमा हालसम्म ८० प्रतिशत मात्रै काम सम्पन्न उनले बताए। समयमै काम सम्पन्न गर्नका लागी कार्यालयले बारम्बार ताकेता गरे पनि निर्माण व्यावसायीको लापर्वाहीका कारण काम सम्पन्न हुन नसकोको उनको भनाई छ। करिब १० किलोमिटर कालोपत्रे गर्ने सडकको तीन किलोमिटरमा वेस नै बनाउन बाँकी रहेको छ।
जिल्ला सदरमुकाम बागबजार देखि भारतको सीमा जोडिएको महाकाली किनारको रुपालको गर्ग क्षेत्रलाई यस सडकले जोड्छ। भागेश्वर गाउँपालिका–४ को बगारबोट बाट यस सडक संग वडा नं.३ को बोगटा, अजयमेरु गाउँपालिका– ३,४ र ५ नम्बर वडा जाने सडक जोडिनुका साथै बैतडीको तल्लो स्वराड क्षेत्रको शिवनाथ र मेलौली पालिका समेत जोडिएको छ।

सडक कालोपत्रे भए भागेश्वर, अजयमेरु गाउँपालिकाका साथै बैतडीको शिवनाथ,मेलौलीका पालिका वासीलाई डडेल्धुरा जिल्ला सदरमुकामसँगै तराईका जिल्ला कैलाली, कञ्चनपुर आउजाउ गर्न छोटो बाटो हुने भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौतले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।