डडेल्धुरा(दिपकराज भट्ट)- सुदुर पहाडको केन्द्रका रुपमा रहेको डडेल्धुरा जिल्लामा बालबिबाहका मुद्धा शुन्यमा रहेकोछ । पछिल्लो समयमा अभिभावकहरु नै सचेत हुँदा बालबिबाहका मुद्धाहरु शुन्य भएको जिल्ला प्रहरि कार्यालय डडेल्धुराको तथ्याङकले देखाउछ ।
आर्थिक बर्ष २०७८÷७९ को तुलनामा गत आर्थिक बर्ष २०७९÷८० मा जिल्लामा बालबिवाह बिरुद्धको मुद्धा शुन्य अवस्थामा रहेको छ । कुनै बेला सचेतनाको कमीका कारण डडेल्धुरा सहित सुदुरपश्चिम भरी जटिल समस्याको रूपमा रहेको बालबिवाह पछिल्लो समय भने घट्दो मात्रामा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता, प्रहरी निरीक्षक उमाकान्त जोशी बताउछन् ।



अहिले गाँउघरमा बालबिवाहको विरुद्ध अभिभावहरु नै सक्रीय बनेका उनको भनाई छ । सानै उमेरमा बिवाह गर्दा पुण्य प्राप्ती हुन्छ भन्ने परम्परागत बिश्वासलाई तोड्दै अहिले अभिभावकहरुनै बालबिवाहको बिरुद्धमा लड्न थालेका उनले बताए । साथै प्रहरी, साकाजिक अभियानता, बालअधिकारकर्मिहरुले बालबिवाह बिरुद्ध गर्ने जनचेतामुलक कार्यक्रमहरुको समेत प्रभाव रहेका कारण बालबिवालाई यस वर्ष शुन्यमा झार्न सकिएको उनको दाबी छ ।
सरकारले सन २०३० सम्म बालबिबाह अन्त्य गर्ने लक्ष्यका साथ बालबिबाह विरुद्ध छुट्टाछुट्टै रणनीतिक योजनाको आवश्यकता महशुस गरि बालबिबाह बिरुद्धको रणनीति २०७२ लागू गरेको छ ।
बालबिबाहविरुद्ध थाहा पाएको मितिले तीन महिना भित्र नजीकको प्रहरी कार्यालयमा उजुरी दिन सकिन्छ । बालबिबाहको कसुर गर्ने वा गराउने ब्यक्तीलाई तीन बर्षसम्म कैद र तीस हजार रूपैयाँसम्म जरिवाना हुन्छ ।

























