२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

सुर्नाया गाँउपालिकाले दियो नाच्नुकै लागि १६ लाखका डिजेः सामाजिक संञ्जालमा आलोचना

तीजका लागि भन्दै पालिकाले डिजे बाँडेर १६ लाख स्वाहा गरेकोछ ।

डडेल्धुरा – सुदुरपश्चिममा रहेको बैतडीमा महिला समूहहरुलाई डिजे बाँडिएपछि अहिले चर्को आलोचना भइरहेको छ । सुर्नया गाउँपालिकाले प्रत्येक वडाका महिला समूहहरुलाई डिजे बाँडेको हो ।
गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवरले पालिकाका प्रत्येक वडामा दुई। दुई लाख रकमका डिजे, कुर्सी लगायतका सामान बाँडिएका बताए । वडाहरुमा वडा सञ्जाल तथा महिला समूहहरु गठन गरिएका र तीनै समूहका महिलाहरुले माग गरेअनुसारै डिजे वितरण गरिएको उनले बताए ।

महिलाहरुले तीज, गौरा पर्वका साथै विवाह, व्रतबन्धका लागि पनि आवश्यक रहेको भन्दै डिजे, कुर्सी माग गरेका उनको भनाइ छ । वितरण गरिएका कुर्सीहरु विभिन्न बैठक, तालिम एवं भेलामा पनि काम लाग्ने उनी बताउँछन् ।

गाउँपालिकाकी उपाध्यक्ष मञ्जु महरा बोहराले महिला लक्षित १६ लाखको कार्यक्रम अन्तर्गत वडाका महिला सञ्जाल तथा समूहहरुले माग गरेबमोजिम कुनै वडामा डिजे, कुनैमा कुर्सी, कारपेट लगायतका सामान वितरण गरिएको बताइन् । उक्त पालिकाका ८ ओटै वडामा दुईरदुई लाखका दरले डिजे लगायतका सामान वितरण गरिएको उनले बताइन् । डिजे, कुर्सीहरु विभिन्न सामाजिक प्रयोजनमा पनि प्रयोग हुने हुँदा यसले फाइदा नै पुग्ने उनको भनाइ छ ।

वडाका महिलाहरुकै मागको आधारमा ती सामान वितरण गरिएकाले यसमा स्थानीयको केही गुनासो नरहेको उनी बताउँछिन् । ‘केही मिडियाकर्मी तथा पत्रकारहरुले नै आलोचना गरे होलान्, उनीहरुलाई नै चित्त बुझेन होला । यता माग गरिएअनुसारै डिजे लगायतका सामान वितरण गरिएका हुन् । कसैले केही भनेका छैनन् । कसैलाई मन नपरेको भन्ने छैन,’ उनले भनिन् ।

तीजमा पैसा तिरेर भाडामा डिजे ल्याउने गरिएकोमा अब उक्त खर्च बचत हुने उनको तर्क छ । डिजेले महिलाहरुलाई मनोरञ्जनका कार्य गर्न सहज हुने उनको भनाइ छ । ‘तीजमा महिलाहरुले २। ३ हजार तिरेर भाडामा डिजे ल्याउँथे, अब आफ्नै डिजे छ, त्यो खर्च बच्यो,’ उनले भनिन्, ‘अब महिलाहरुलाई आफ्ना मनोरञ्जनका कार्यक्रमहरु गर्न पनि सजिलो भयो ।’

महिला लक्षित कार्यक्रमले महिलाहरुलाई मनोरञ्जनभन्दा पनि सीप तथा क्षमता विकासका साथै आयआर्जनमूलक एवं आत्मनिर्भर बनाउने खालका कार्यमा जोड्न आवश्यक देखिन्छ ।
पछिल्लो समयमा मौलिकतामा मनाईने तिज, गौरा, फाग,चैत्रत , धमारीहरु भने लोप हुने अवस्थामा पुगेका छन् तर यस प्रति पालिकाले कुनै प्रकारको चासो देखाएको छैन । महिलाहरुको षमता तथा नेर्ततव बिकासका लागि काम गर्नुपर्नैमा स्थानीयको बुभमmाइृ रहेकोछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।