डडेलधुरा (दिपकराज भट्ट) -सानै उमेरदेखि कृर्षि ब्यबसायमा आकर्षित भई कृर्षि क्षेत्रमा केहि गर्नु पर्छ भन्ने उद्धेश्यका साथ स्नातक अध्ययनको सिलसिलामा बिभिन्न तरकारि फर्मको अबलोकन सहित कृर्षि कार्यमा निकै चासो दिएका पनेरु ले २०७२ सालमा जिल्ला कृर्षि बिकास कार्यालय डडेल्धुराको सयोगमा क्षेत्रिय कृर्षि तालिम केन्द्र सुन्दरपुर कन्चनपुरमा ५१ दिने ग्रामिण कृर्षि कार्यकर्ता तालिम गरि स्वरोजगार बन्ने उदेश्यले २ आोटा प्लाष्टिक टनेल बाट तरकारि खेति सुरु गरेका पनेरु ले २०७५ सालमा ब्यबसायिक च्याउ खेति समेत सुरु गरेका थिए । 
त्यस पछि २०७६ सालमा जि.आर. कृर्षि तथा पशुपालन फर्म दर्ता गरेर गडयौला मल उत्पादन फर्म सुरु गरेका थिए उनले उकत फर्मलाई लाई निरन्तरता दिनका साथै मल उत्पादन लाई थप ब्यबसायिक रुपमा बिस्तार गरिरहेका छन । फर्मबाट उत्पादन भएको गड्यौला मल सुरुमा डडेल्धुरा जिल्लामा मात्रै बिक्रिबितरण हुदै आएकोमा हाल उक्त फर्मले डोटि ,बझाङ लगायतका जिल्लामा समेत आफ्नो फर्ममा उत्पादन भएको मल निर्यात गरिरहेको छ।



फर्मले कृषि ज्ञानकेन्द्र डडेल्धुरा र गाँँउपालिका कृषि शाखा संग समन्यव् समेत गरिरहेको छ । यस फर्मले बार्षिक ४ देखि ५ सय क्विनटल मल उत्पादन गर्दै आएको छ । स्थानिय कच्चा पदार्थ गाई भैसिको गोबर प्रयोग गरि उक्त मल बनाउने गरिन्छ । उक्त फर्मले किसान हरुको माग बमेजिम आगामि दिनमा उत्पादनको मात्र बृद्धि गरेर बजारमा लैजाने योजना रहेको पनेरुले बताए ।
सुदुरका ९ जिल्ला बाट ११ जाना उद्यमि लाई समाजिक बिकास मन्त्रालय ले सम्मान गरेको थियो । पनेरु डडेल्धुरा जिल्ला बाट सम्मानित भएका छन् । पनेरुले सम्मान पत्र सहित सम्मान स्वरुप नगद रु ५०,००० समेत प्रदान गरेका छन् ।

























