२०८३ जेष्ठ १८ सोमबार
२०८३ जेष्ठ १८ सोमबार

डडेल्धुरा अस्पतालको अध्यक्षमा ओझा नियुक्तः आगामी तीन वर्षको कार्यकाल रहने

डडेल्धुराः डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा पुनः करुणाकर ओझा नियुक्त भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पूर्वअध्यक्ष समेत रहेका ओझा अध्यक्षमा नियुक्त भएका हुन् ।
यसअघि जेठ ३ गते पनि ओझालाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरिएको थियो तर, सर्वोच्च अदालतले उक्त नियुक्तिबारे कारण देखाउ आदेश माग्दै पूर्वअध्यक्ष लक्ष्मण सिंहलाई कामकाज गर्न अन्तरिम आदेश दिएको थियो ।

सिंहको शैक्षिक योग्यताका प्रमाणपत्रमाथि प्रश्न उठेपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएका थिए । आज मन्त्रीस्तरीय निर्णयबाट ओझालाई आगामी तीन वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।