२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

कृषि ज्ञान केन्द्र डडेल्धुराको प्रांगारिक मिसन तरकारी खेती संञ्चालनमा

डडेल्धुरा – कृषि ज्ञान केन्द्र डडेल्धुराको प्रांगारिक मिसन तरकारी खेती संञ्चालन भएकोछ । रसायनिक मल र बिषादीको प्रयोग नगरी प्रांगारीक मल र बनस्पती बिषादीको प्रयोग गरि आलु लगायत विभिन्न तरकारी उत्पादन गर्ने लक्ष्यका साथ प्रांगारिक मिसन तरकारी खेती गरिदै आएको छ । अमरगढी नगरपालिका–१ तडीबाटा र ठूलीखालीमा करिब १२० रोपनी जमिनमा प्रांगारिक मिसन तरकारी खेती गरिदै आएको कृषि ज्ञान केन्द्र डडेल्धुरा निमित्त प्रमुख रामचन्द्र भट्टले जानकारि दिए ।

कृषि ज्ञान केन्द्र डडेल्धुराले तीन वर्ष यता यो मिसन सञ्चालन गरेको छ । बिषादीको प्रयोगले मानव स्वास्थ्य संगै माटोको उर्वरशक्ति नाश हुदै जाने भएकाले प्रांगारिक मिसन तरकारी खेती विस्तार गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका भट्टले बताए ।

प्रांगारिक मिसन तरकारी उत्पादन अन्र्तरगत तडीबाटाका किसान दत्तराज अवस्थीले प्लाष्टिकका टर्नेल बनाई आलुको मूल बिउ उत्पादन संगै टमाटर, सिमला, रायो, बैगन खेती गर्दै आईरहेका छन । उनले काँक्रा खेती समेत गरेका छन । भागेश्वर एग्रीकल्चर एण्ड लाईफस्टर प्रा.ली.का नामबाट उनले आलुको मूल बिउ समेत उत्पादन गर्दै आईरहेका छन ।
यस मिसन अनुसार कृषि ज्ञान केन्द्रले उक्त फर्मलाई तीन वर्षमा ३० लाख रुपियाँ सहयोग गरेको छ । कार्यालयको अनुदान सहयोगले कृषकले सिंचाई र प्लाष्टिकका टर्नेल निर्माण गरि तरकारी उत्पादन गर्दै आईरहेका छन । ठुलीखालीमा उत्पादित तरकारी ढुवानीमा समस्या हुने गरेको कार्यालय प्रमुख भट्टले बताए ।
कच्चि सडक भएकाले पानी पर्दा बन्द हुने गर्छ । उनले भने, सडक मर्मत समयै हुदैन । त्यस कारण ढुवानीमा समस्या हुने गरेको छ ।
डडेल्धुरालाई तरकारी र फलफुलको व्यावसायीक रुपमा उत्पादन बढाउन मिसन सञ्चालन गरिएको उनले बताए । यसैगरी ज्ञान केन्द्रले गन्यापधुरा गाउपालिका र परशुराम नगरपालिकामा मुख्यमन्त्री नमूना तरकारी उत्पादन गाउँ तोकेर तरकारी उत्पादक किसानलाई अनुदानमा सहयोग गरिरहेको छ ।
भित्रि मधेश जोगबुडाको चुरे पर्वत परशुराम नगरपालिका–७ मलासमा तरकारी र फलफुल पकेट क्षेत्रका रुपमा अनुदान सहयोग गरेको छ । सुन्तला जातका फलफुल र तरकारी खेती गर्न अनुदानबाट एक सय घरधुरी लाभान्वित भएको उनले बताए । डडेल्धुरामा तीन हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती हुदै आएको छ ।
आगामी वर्ष खाद्य सुरक्षा मिसन कार्यक्रम अन्तरगत परशुराम नगरपालिका वडा नं। ३, ४, अजयमेरु गाउँपालिका–१ र भागेश्वर गाउँपालिका–३ मा अनुदान सहित सहयोगका कार्यक्रम रहेको उनले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।