काठमाडौंः उमेर नपुगेकी किशोरी बलात्कारको आभियोगमा मुद्दा खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको बचाउमा युवाहरुको एक समूहले आज काठमाडौंमा धर्ना दिएको छ।



आज बिहान माइतीघर मण्डलामा सन्दीपको न्यायको लागि भन्दै विप्लव खड्का, प्रदिप कटवाललगायत युवाहरुले शान्तिपूर्ण धर्ना दिएका हुन् । अदालतमा लामिछानेको मुद्दाको पेशी तोकिने भनिएकै दिन उनलाई जोगाउन, साथ दिन र पक्षमा उभिन भन्दै विप्लवलगायत केही युवा धर्नामा उत्रिएका हुन्।
नेपाली क्रिकेट टोलीका महत्वपूर्ण खेलाडी लामिछानेविरुद्ध बलात्कारको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। पटक–पटक स्थगित हुँदै आएको उनको मुद्दाको सुनुवाई आज पनि रोकिएको छ।
Views: 195

























